८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

साउदी राजाले मोरक्कोमा १ महिना छुट्टी मनाए

साउदी राजा बसेको मोरक्कोको तनजिरस्थित होटल मिराज

राबात–साउदी अरबका राजा सलमान बिन अब्दुलाजिज अल साउद एक महिना लामो बिदा मनाएर बुधबार मोरोक्कोबाट स्वदेश फिर्ता भएका छन्। राजा सलमानको एक महिने बिदा व्यक्तिगत भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

बिदा मनाउन जाने क्रममा अरबका राजाले इब्न बाट्टौटा विमानस्थलमा मोरोक्कोका प्रधानमन्त्री साडेड्डीन इल अथमानीसँग भेटेको मोरोक्कोको एउटा अनलाइनले लेखेको छ।

राजा सलमानले विभिन्न क्षेत्रीय नेता र सार्वजनिक व्यक्तिसँग पनि भ्रमणका बेलामा भेटवार्ता गरेको बताइएको छ।

साउदी राजा सलमानले मोरोक्कोका राजा मोहम्मद छैठौं, सुडानका राष्ट्रपति ओमार अल बसिर र यमनका राष्ट्रपति अब्दु राब्बो मनसुर हादीलाईसमेत भेट गरेका थिए।

प्रकाशित: ९ भाद्र २०७४ ०४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App