coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

संविधान संशोधनको प्रयास फेरि गर्छौं: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदी

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधन प्रयास हाललाई असफल भए पनि भविष्यमा पुनः प्रयास गर्ने बताएका छन् । नेपाल र भारतका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदराबाद हाउसमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले संविधान संशोधनको प्रतिबद्धता जनाएका हुन् ।

‘हामीले संविधान संशोधन गर्न खोजेका थियौं, तर संसदमा दुई तिहाइ पुर्‍याउन सकिएन,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै सबै वर्गका भावना समेट्न आग्रह गरेको थोरै बेरपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘दुई तिहाइ संख्या पुर्‍याएर फेरि संविधान संशोधनको प्रयास हामी गर्नेर्छौं ।’

‘हामीले संविधान संशोधन गर्न खोजेका थियौं, तर संसदमा दुई तिहाइ पुर्‍याउन सकिएन,’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानप्रति असन्तुष्टि जनाउँदै सबै वर्गका भावना समेट्न आग्रह गरेको थोरै बेरपछि पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘दुई तिहाइ संख्या पुर्‍याएर फेरि संविधान संशोधनको प्रयास हामी गर्नेर्छौं ।’

अब संविधान संशोधन गर्दा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका सबै जनताका भावना समेट्ने वाचा उनले गरे। ‘संशोधनपछि सबैका लागि स्वीकार्य संविधान हुनेछ । मलाई विश्वास छ एकदिन सबै नेपालीले संविधान स्विकार्नेछन्,’ प्रधानमन्त्री देउवाले भने ।

नेपालको संविधान असमावेशी र सबैका भावनालाई समेट्न नसकेको भन्ने भारतीय धारणालाई बल पुग्नेगरी उनले नेपालको नयाँ संविधानका विषयमा धारणा राखेका थिए । पत्रकार सम्मेलनमा लिखित मन्तव्य राखेका प्रधानमन्त्री देउवाले संविधानको कुरा आएपछि लिखित मन्तव्य नहेरी बोलेका थिए । लिखित मन्तव्यमा नभएको पुनः संविधान संशोधन गर्ने कुरा उनले बोलेका थिए । उनले संविधान संशोधन गरी नेपालको दक्षिणी भूभागमा बस्ने जनता र राष्ट्रिष्य जनता पार्टी (राजपा) नेपालका माग समेट्ने जनाएका थिए ।

सम्बोधनका क्रममा उनले पञ्चेश्वरको डिपिआरलाई पूर्णता दिन भारतले प्रतिबद्धता जनाएकोमा धन्यवाद दिएका थिए । उनले नेपाल भारतको नजिकको छिमेकी मात्र नभई असल मित्र पनि भएको बताए । दुई देशबीच उच्च राजनीतिक तहमा हुने भेटघाटले आपसी विश्वासको वातावरण बनाउने उनले जनाए । उनले भारतविरुद्ध नेपाली भूमि प्रयोग नहुने समेत स्पस्ट पारे । ‘नेपालले कुनै पनि भारतविरोधी गतिविधि नेपालमा नहुने विश्वास म दिलाउँछु,’ उनले भने ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले बिहीबार नै भारतीय राष्ट्रपति रामनाथ कोविन्द र उपराष्ट्रपति बैंकैया नायडुसँग शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको थियो । यसैगरी बिहीबार नै प्रधानमन्त्री देउवासँग भारतीय गृहमन्त्री राजनाथ सिंह र अर्थमन्त्री अरुण जेट्लीले शिष्टाचार भेट गरेका थिए । भारतीय नेसनल कंग्रेसकी अध्यक्ष सोनिया गान्धीले पनि बिहीबार नै प्रधानमन्त्री देउवालाई भेटेकी थिइन्।

प्रकाशित: ९ भाद्र २०७४ ०३:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App