८ वैशाख २०८१ शनिबार
समाज

बेवारिसे झोलामा १० लाख नगद र पेस्तोल

दार्चुला- घुसा गाविस वडा नम्बर ८ धनबोरामा  एक थान पेस्तोल सहित वेवारिसे सामान फेला परेको छ। वेवारिसे अवस्थामा स्थानीयले २ झोलामा सामान देखेपछि खण्डेश्वरी प्रहरीलाई खबर गरेका थिए। खण्डेश्वरी प्रहरी चौकीमा उक्त जानकारी आएपछि असई कैलाश दत्त भट्ट  को नेतृत्वमा प्रहरी टोली वेवारिसे अवस्थामा झोला रहेको स्थानमा पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। वेवारिसे अवस्थामा भेटिएका २ झोलामा १ थान पेस्तोल सहित ९ लाख ९९ हजार नगद रुपैयाँ र अन्य सामान रहेका छन्। प्रहरीका अनुसार पेस्तोलमा लाग्ने ५ राउन्ड गोली, १ थान चक्कु, एक तोला यार्सागुम्बा, १ किलोग्राम सतुवा, यार्सागुम्बा जोख्ने तराजु, ४ थान ढक, सिक्का ४ थान, क्याल्कुलेटर, पेन, छाता र यार्सागुम्बा संकलन परिचय पत्र समेत फेला परेको छ।

सिप्टी ३ होपरी स्थाई घर भएका जमन महता नामको यार्सागुम्बा संकलन परिचय पत्र फेला परेको प्रहरीले जनाएको छ।   संकलन पुर्जी पाइएका महता  भने बेपत्ता रहेको प्रहरीले जनाएको छ। पेस्तोल  नगद र सामान भेटिएर  मान्छे नभेटिनुले  विविध आशंका उब्जाएको छ। ठूलो परिणामको नगद  अवैध हतियार  र जडीबुटी  बेवारिसे रुपमा फेला पर्नूलाई रहस्यमय  घटनाको रुपमा  लिइएको  दार्चुलाका डिएसपी  सुशीलसिह राठौरले बताए।  घटना बारे थप अनुसन्धानका लागी इलाका प्रहरी कार्यालय लटिनाथका प्रहरी निरीक्षक रणबहादुर चन्दको नेतृत्वमा  घटना स्थलतर्फ गएको प्रहरीले जनाएको छ।  घतनास्थल जिल्ला सदरमुकामबाट २६ कोषको दुरीमा अवस्थित रहेको छ।

प्रकाशित: ११ श्रावण २०७३ १३:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App