८ वैशाख २०८१ शनिबार
राजनीति

भारतसँग भएका ८ सम्झौता के के हुन्?

काठमाडौं— नेपाल र भारतबीच ८ वटा सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा भारतको नयाँदिल्लीस्थित हैदराबाद हाउसमा बिहीबार द्विपक्षीय वार्तापछि एउटा सम्झौतापत्र र ७ वटा समझदारीपत्रमा हस्ताक्षर भएको हो।

‘नेपाल र भारतबीच ८ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको छ,’ द्विपक्षीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले भने।

नेपाल र भारतबीच हस्ताक्षर भएको पहिलो समझदारीपत्रमा भूकम्प प्रभावित ५० हजार घर निर्माण गर्ने उल्लेख छ। समझदारीपत्रअनुसार भारतले नेपाललाई ५० हजार घर निर्माण गर्न १० करोड अमेरिकी डलर उपलब्ध गराउनेछ । यो रकम भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकमबाट काटिनेछ ।

भूकम्प पुनर्निर्माणसँग सम्बन्धित चारवटा तथा लागूपदार्थ नियन्त्रण, मेची पुल स्तरोन्नति र चाटर्ड एकाउन्टेटसँग सम्बन्धित एकएकवटा समझदारीपत्रमा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच भएको एक मात्र सम्झौता खाद्य वस्तुको मानकीकरण मूल्यांकनसँग सम्बन्धित छ।

नेपाल र भारतबीच हस्ताक्षर भएको पहिलो समझदारीपत्रमा भूकम्प प्रभावित ५० हजार घर निर्माण गर्ने उल्लेख छ। समझदारीपत्रअनुसार भारतले नेपाललाई ५० हजार घर निर्माण गर्न १० करोड अमेरिकी डलर उपलब्ध गराउनेछ । यो रकम भारतले नेपाललाई उपलब्ध गराउने आर्थिक सहायता रकमबाट काटिनेछ ।

दोस्रो समझदारीपत्रमा भूकम्पपछिको स्वास्थ्य क्षेत्रको पुनर्निर्माण रहेको छ। समझदारीपत्रअनुसार स्वास्थ्य क्षेत्रको पुनर्निर्माणका लागि भारतले ५ करोड अमेरिकी डलर उपलब्ध गराउनेछ। यसबाट स्वास्थ्य क्षेत्रका एक सय ५७ वटा परियोजना सम्पन्न गरिनेछ। तेस्रो समझदारीपत्र भूकम्पपछिको सांस्कृतिक सम्पदाको पुनर्निर्माणसँग सम्बन्धित छ। नेपालमा भूकम्पले क्षति पु¥याएको २८ वटा सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि भारतले ५ करोड अमेरिकी डलर उपलब्ध गराउनेछ।

चौथो समझदारीपत्र भूकम्पपछिको शिक्षा क्षेत्रको पुनर्निर्माणसँग सम्बन्धित छ। यो समझदारीअनुसार भारतले शिक्षा क्षेत्रको पुनर्निर्माणका लागि ५ करोड अमेरिकी डलर नेपाललाई प्रदान गर्नेछ। यस सहयोगबाट शिक्षासँग सम्बन्धित ७० वटा परियोजना सम्पन्न गरिनेछ। पाँचौं समझदारीपत्र अवैध तरिकाले हुने लागूपदार्थ र रसायन नियन्त्रणसँग सम्बन्धित छ।

छैटौं समझदारीपत्र मेची पुल स्तरोन्नतिसँग सम्बन्धित छ । एसियाली विकास बैंकको ‘रोड कनेक्टिभिटी’ कार्यक्रमअन्तर्गत यो समझदारी भएको हो। यसमा पुलको स्तरोन्नति गर्दा खर्च बाँडफाँड र सुरक्षा विषय समेटिएका छन्। सातौं समझदारीपत्रमा नेपालको चार्टर्ड एकाउन्ट इन्स्टिच्युट र भारतको चाटर्ड एकाउन्ट इन्स्टिच्युटबीच भएको छ।

द्विपक्षीय वार्ता हुनुअघि प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आधा घन्टा ‘वान टु वान’ वार्ता भएको थियो। त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा द्विपक्षीय वार्ता भएको थियो।

वार्तामा नेपालले पञ्चेश्वर बहुउदेश्यीय परियोजना, माथिल्लो कर्णाली परियोजना, अरुण तेस्रो, ऊर्जा क्षेत्रमा सहयोग, अन्तरदेशीय प्रसारण लाइन, पुनर्निर्माण, सहुलियतपूर्ण ऋण, गण्डक नहर, नेपाली भूभाग डुबानमा पर्नेगरी भारतले सीमामा बनाएको ड्याम, व्यापार तथा पारवहन, क्रस बोर्डर कनेक्टिभिटी, एलपिजी बुलेट, भारतीय मुद्रा सटही, क्रस बोर्डर रेलसेवा, एकीकृत चेक पोस्ट, हवाई रुट, सैन्य सामग्री, निर्वाचनका लागि आवश्यक सहयोगलगायतका विषयमा छलफल भएको थियो।

प्रकाशित: ९ भाद्र २०७४ ०१:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App