coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोले अठचालिस रोपनी धानखेत पुर्‍यो

रसुवा – गत साउन २२ गतेको वर्षासँगै आएको पहिरोबाट ४८ रोपनी धानखेत पुरिएको छ। 

पहिरोबाट घरमा राखिएको नौ टन मकै र छ टन धान क्षति भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रमेश हुमागाइँले जानकारी दिए। 

सोही दिनको पहिरोले १५ घर पुरिनुका साथै उत्तरगया गाउँपालिका–४ पहिरेवेसी क्षेत्रको बेते गौँडा सिँचाइ कुलोमा क्षति पुगेको छ । सो कुलो पुनःसञ्चालनका लागि सरोकारवाला निकायसँग समन्वय गरिएको हुमागाइँले बताए। 

सो क्षेत्रका २६ चौपाया र ९६ पक्षी मरेपछि रु ३० लाख बराबरको क्षति भएको जिल्ला पशु सेवा कार्यालयका प्राविधिक प्रेम डाँगीले बताए। रासस 

प्रकाशित: ८ भाद्र २०७४ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App