coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चुनावमा जाने राजपाको औपचारिक निर्णय

काठमाडौं – राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणको चुनावमा सहभागी हुने भएको छ।

विहीबार पार्टी कार्यालय बबरमहलमा पत्रकार सम्मेलन गर्दै राजपा अध्यक्ष मण्डलका सदस्यले चुनावमा जाने औपचारिक निर्णय सार्वजनिक गरेका हुन्।

साथै राजपाले ८ वटै जिल्लामा उम्मेद्वार चयनका लागि  ८ जना नेताहरूलाई केन्द्रीय पर्यवेक्षक तोकेको छ । पर्यवेक्षकहरूमा सप्तरीमा नरसिंह चौधरी, सिरहामा गजाधर यादव, धनुषामा अरुण सिंह, महोत्तरीमा गोविन्द चौधरी, सर्लाहीमा शेखर सिंह, रौतहटमा सत्यनारायण मण्डल, बारामा मालामती राणा थारु र पर्सामा विजय गुप्ता रहेका छन्। 

चुनाव चिन्ह साइकल लिएर निर्वाचनमा उत्रिन लागेको राजपाले एमालेले संविधान संशोधनको विपक्षमा उभिएर आफ्नो अहंकारवादी सोच, परिवर्तन र राष्ट्रिय एकता विरोधी तथा मधेस विरोधी चरित्रलाई थप पुष्टि गरेको आरोप लगाएको छ। 

साथै राजपाले संविधान संशोधनको पक्षमा बन्दै गएको माहोललाई टिकाइराख्न नसक्नु सरकारको कमजोरी भएको समेत जनाएको छ । 

 

प्रकाशित: ८ भाद्र २०७४ १०:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App