७ वैशाख २०८१ शुक्रबार
समाज

सवारी ज्यान मुद्दाका फरार पक्राउ

मेलम्ची– सवारी ज्यान मुद्दाका फरार व्यक्तिलाई मेलम्ची नगरपालिका–१३ फटकशिलाबाट विहीबार प्रहरीले पक्राउ गरेको छ। 

विसं २०७१ जेठ ७ मा सिन्धुपाल्चोक जिल्ला अदालतले २५ दिन कैद र रु दुई हजार जरिवाना गर्ने फौसला गरेपछि फरार रहेका मेलम्ची–१३ फटकशिलाका बस्ने ३० वर्षीय केशवप्रसाद दंगाललाई प्रहरीले पक्राउ गरेको हो । २०७० साल मंसिर १६ गते दंगालले चलाएको टिपरको ठक्करबाट सोही गाउँ बस्ने चित्रबहादुर डोटेलको मृत्यु भएको थियो। 

लुकीछिपी फटकशिलाबेसीमा बसिरहेका निजलाई मेलम्ची इलका प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक नवराज ढुंगानाले बताए। अभियुक्तलाई शुक्रबार जिल्ला अदालतमा पेस गरिने भएको छ । रासस 

प्रकाशित: ८ भाद्र २०७४ ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App