coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

छाता ओढेर तीज मनाउँदै महिलाहरू

पानी परेपछि छाता ओढेर तीजको रमाइलो गर्दै सिन्धुलीका महिलाहरू ।  तस्बिर : अनिल भण्डारी

सिन्धुली – नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा सिन्धुलीका विभिन्न मन्दिरमा विहीबार बिहानैबाट महिलाहरूको घुँइचो लागेको छ । मुसलधारे वर्षा भइरहँदा छाता ओढेर हेर्ने र भिज्दै नाच्नेहरूको भीड लागेको छ । 

सदरमुकाम सिन्धुलीमाढीस्थित कमलामाई मन्दिरमा महिलाहरू छाता ओढेरै हेर्न र नाच्न व्यस्त छन् । वर्ष दिनमा आउने पर्व मौसमले धेरै साथ दिएन तर पनि हामीले रमाइलो गरी मनाएका छाैँ, नाच्दै गरेकी एक महिलाले भनिन् । सदरमुकामकै माझिटारमा रहेको शिवालय मन्दिरमा पनि महिलाहरुको घुँइचो छ। 

पानी परेका कारण छातासहित ट्याम्पोमा मठ मन्दिर पुगेका महिलाहरुले नाचेर रमाइलो गरेका हुन्। 

 

प्रकाशित: ८ भाद्र २०७४ ०९:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App