८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

ब्राजिलमा पानी जहाज डुबेर १९को मृत्यु

ब्रासिलिया – ब्राजिलको उत्तरी क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ। 

झन्डै ७० जना यात्रु बोकेको जहाज दुर्घटना हुँदा अन्य हराइरहेको स्थानीय सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन्। 

अमेजन क्षेत्र अन्तरगत पर्ने पारा राज्यको छिङगु नदीमा मङ्गलबार बेलुकादेखि बुधबारसम्म पानीजहाज डुबेको थियो। 

स्थानीय पत्रिका फोल्हा डे एस पाउलोले सोमबार बुलेका सान्तारेमबाट भिटोरिआ डे छिङगु तर्फ गएको डुङ्गा दुर्घटना भएको समाचार लेखेको छ। 

पछिल्लो विवरण अनुसार १९ जनाको शव उद्धारकर्ताले फेला पारेका छन् भने झन्डै तीस जना अझै बेपत्ता भएका छन्। 

पानी जहाज डुब्नुको कारण अहिलेसम्म पत्ता लाग्न नसकेको ती अधिकारीले बताएका छन्। 

अमेजन नदिका विभिन्न ठाउँमा बेलाबेलामा अत्याधिक यात्रु बोकेकोले यस्ता दुर्घटना हुने गरेको जनाइएको छ । यस क्षेत्रमा यात्राका लागि जलमार्ग धेरै प्रयोग गर्ने गरिन्छ।

प्रकाशित: ८ भाद्र २०७४ ०९:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App