coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बोलेरोको ठक्करबाट पूर्व प्रहरी हवल्दारको मृत्यु

सिन्धुली– बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका ५ रामटारमा बलेरोको ठक्करबाट एक जना मोटसाइकल चालकको मृत्यु भएको छ।

मुलकोटबाट रामटारतर्फ गइरहेको बा ३५ प ९३२२ नम्बरको मोटरसाइकललाई काठमाडौँबाट सिन्धुलीतर्फ आउँदै गरेको बा १४ च २४९३ नम्बरको बोलेरोले ठक्कर दिँदा सुनकोसी गाउँपालिका ५ रामटारका ४० वर्षीय रामकृष्ण श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको घटनास्थलमै मृत्यु भएको हो ।  मृतक श्रेष्ठ पूर्व प्रहरी हवल्दार हुन् । श्रेष्ठलाई ठक्कर दिने बोलेरोलाई प्रहरी चौकी रातमाटाले नियनत्रणमा लिएपनि चालक भने फरार रहेको स्थानीयले जनाएका छन्। 

प्रकाशित: ८ भाद्र २०७४ ०७:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App