८ वैशाख २०८१ शनिबार
समाज

मोटरसाइकलले ठक्करबाट ४५ वर्षीय थापाको मृत्यु

काठमाडौँ –  पुरानो बसपार्कअघि एक मोटरसाइकलको ठक्करबाट घाइते बनेका बटुवाको उपचारका क्रममा मृत्यु भएको छ । 

विहीबार बिहान ५ बजे बा८३प ५७८७ नंको मोटरसाइकलको ठक्करबाट शंखरापुर नगरपालिका–९ का ४५ वर्षीय हरि थापा घाइते भएका थिए। वीर अस्पताल ट्रमा सेन्टरमा उपचार हुँदाहुँदै उनको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी वृत्त दरबारमार्गका प्रहरी निरीक्षक सुनिलजंग शाहले जानकारी दिए। 

मोटरसाइकल चालक भक्तपुर चाँगुनारायण नगरपालिकाका २८ वर्षीय योगेन्द्र तामाङको पनि ट्रमा सेन्टरमा उपचार भइरहेको छ । पुरानो बसपार्कमा भ्यू टावर निर्माण गर्न थालेपछि खुला मञ्चमा बसपार्क सारिएपछि बसपार्क अव्यवस्थित बनेको यात्रुहरुको गुनासो छ । सारिएको बसपार्क कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै भत्किएर खाल्डाखुल्डी बनेको छ । वीर अस्पताल अघिको बसपार्कमा मोटरसाइकल, कारलगायत निजी सवारीसाधन पनि प्रवेश गर्न दिँदा दुर्घटना बढ्ने खतरा रहेको यात्रु बलराम महर्जनले बताए। 

बसपार्कमा पेटी पनि नहुँदा बस कुरेर बस्ने यात्रुलाई पनि ठक्कर दिने सम्भावना बढेको छ। बसपार्कमा कालोपत्र गरेको एक वर्ष पनि नपुग्दै खाल्डाखुल्डी परेकाले कसले पुनः निर्माण गर्ने भन्ने विषयमा छलफल भइरहेको काठमाडौँ महानगरपालिका राजश्व विभागका उपप्रमुख महेश काफ्लेले बताए। रासस 

प्रकाशित: ८ भाद्र २०७४ ०६:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App