coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

कञ्चनपुरमा सशस्त्र प्रहरी जवान मृत फेला

भीमदत्तनगर – कञ्चनपुरको भीमदत्तनगरपालिका–६ ऐठपुरस्थित सडक छेउमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन्। 

यहाँको गड्डाचौकीस्थित सशस्त्र प्रहरी भन्सार सुरक्षा गुल्ममा कार्यरत सशस्त्र प्रहरी जवान नरेन्द्र कुँवर मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार भीमदत्तनगरपालिका–३ घर भएका जवान कुँवरको बिहीबार बिहान शव भेटिएको हो । उनको साथमा रहेको मोटरसाइकल घटनास्थल नजिकै भेटिएको छ। 

कुँवरको हत्या गरिएको हुनसक्ने आशंका गर्दै प्रहरीले अनुसन्धान शुरु गरेको छ । घटनास्थल पुगेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाशबहादुर चन्दले घटनाबारे अनुसन्धान भइरहेको बताए। रासस 

प्रकाशित: ८ भाद्र २०७४ ०६:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App