७ वैशाख २०८१ शुक्रबार
राजनीति

भोजपुरमा १० हजार मतदाता थपिए

भोजपुर – भोजपुरमा १० हजार २२ जना मतदाता थपिएका छन्। 

गत साउन १ देखि यही भदौ ५ गतेसम्म निर्वाचन कार्यालयले फोटोसहितको मतदाता नामावली संकलनका क्रममा चारहजार ६२६ महिला, पाँच हजार ३९५ पुरुष र एकजना तेस्रोलिङ्गीसहित १० हजार २२ मतदाता थपिएका हुन्। 

जिल्लाका नौ स्थानीय तहका कार्यालयबाट नामावली संकलन भएको थियो । भोजपुर नगरपालिकामा सबैभन्दा बढी एक तेस्रोलिङ्गीसहित दुई हजार ८२६ जनाले नामदर्ता गरेका छन् भने सबैभन्दा कम रामप्रसादराई गाउँपलिकामा ४६२ जनाले मात्र नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी केवलप्रसाद रेग्मीले बताए। 

यसअघि जिल्लामा एक लाख ५ हजार ५५४ मतदाता रहेका थिए । रासस 

प्रकाशित: ८ भाद्र २०७४ ०६:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App