coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पहिरोले शान्ति प्राविको भवनमा क्षति

दमौली – तनहुँको म्याग्दे गाउँपालिका–७ सर्वलाङ्गस्थित शान्ति प्राविको भवनमा पहिरोले क्षति पुर्‍याएको छ। 

केही दिनअघि आएको वर्षापछिको पहिरोले सो विद्यालयको भवनमा क्षति पुर्‍याएको हो। पहिरोले विद्यालयका कोठामा क्षति पु¥याएको हो । पहिरोले उक्त विद्यालयमा तीन लाख ५० हजार बराबरको क्षति पुर्‍याएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए। 

पहिरोले विद्यालय भवनमा क्षति पुगेपछि विद्यार्थीलाई पठनपाठनमा बाधा पुगेको विद्यालयले जनाएको छ। मर्मतका लागि जिशिकाले केन्द्रसँग रकम माग गरिसकेको जिशिअ भण्डारीले बताए। रासस 

प्रकाशित: ८ भाद्र २०७४ ०५:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App