८ वैशाख २०८१ शनिबार
शिक्षा

त्रिवि परीक्षा नियन्त्रकविहीन

काठमाडौँ – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको छ। 

विगत तीन दिनदेखि त्रिविमा परीक्षा नियन्त्रक नहुँदा विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता महत्वपूर्ण कागजात बनेका छैनन्। 

कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले तीन दिनदेखि परीक्षा नियन्त्रक नहुँदा कामकारबाही प्रभावित भएको बताए। 

“नियन्त्रक नहुँदा अहिले विद्यार्थीको ट्रान्सक्रिप्ट, मूल सर्टिफिकेटजस्ता काम कारबाही रोकिएको छ”, उनले भने, “अहिले ती कागजातका लागि आवेदन लिने काममात्र भएको छ।” 

त्रिविले पहिले आवेदन दिएका विद्यार्थीका ट्रान्सक्रिप्टमात्र उपलब्ध गराउँदै आएको छ। 

उनका अनुसार, आर्थिक कारोबार, उत्तरपुस्तिकाका परीक्षण गर्ने परीक्षकको पनि पारिश्रमिक उपलब्ध गराउनेलगायतका काम पनि हुन सकेको छैन। 

यसअघिका परीक्षा नियन्त्रक पुष्पराज जोशीको पदावधि यही भदौ ४ गतेदेखि सकिएपछि त्रिवि परीक्षा नियन्त्रकविहीन बन्न पुगेको छ। 

त्रिवि कार्यकारी परिषद्ले तीन महिनाका लागि विशेष अधिकार प्रयोग गरी नियुक्त गरिएका जोशीको कार्यकाल सकिएपछि नियुक्ति अझै हुन सकेको छैन। रासस 

प्रकाशित: ८ भाद्र २०७४ ०५:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App