८ वैशाख २०८१ शनिबार
अर्थ

पाेखराका तालको व्यवस्थापन योजना तयार गरिने

पोखरा– रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने भएको छ।

तालको व्यवस्थापन योजना तर्जुमा विषयमा जिविसद्वारा मंगलबार यहाँ आयोजित छलफल कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक महेश्वर ढकालले रामसारमा सूचीकृत भएसँगै पोखराका तालको अन्तर्राष्ट्रियकरण भएको बताए।

पर्यटन, पर्यावरणलगायतका विषयसँग प्रत्यक्ष जोडिएका पोखराका तालको संरक्षण र विकासका लागि व्यवस्थापन योजना तयार गर्न लागिएको हो। हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनले योजना तयार गर्न लागेको फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिए। योजना तयार गर्दा सरोकारवाला निकाय तथा संस्थाको अघिकतम सहभागिता गराइने उनको भनाइ छ।

प्रत्येक ताललाई सङ्कट पार्ने विषयको पहिचान गरी तिनीहरूको दीर्घकालीन संरक्षण र विकासमा सहयोग पुग्ने तवरबाट योजना निर्माण गरिने छ। आगामी सेप्टेम्बरको अन्तिमसम्ममा व्यवस्थापन योजनालाई अन्तिम रुप दिइने छ।

स्थानीय विकास अधिकारी दामोदर भण्डारीले ताल संरक्षण पर्यटन र पर्यावरण जस्ता विषयसँग प्रत्यक्ष सम्बन्धित हुने भएकोले तिनीहरूको संरक्षण र विकास अपरिहार्य भएको बताए। जिल्ला वन अधिकृत प्रभात सापकोटाले संरक्षण र विकासका लागि बन्ने योजनालाई कार्यान्वयनका तहमा लैजान सके मात्र योजना निर्माणको सार्थकता रहने बताए। रासस

 

प्रकाशित: ११ श्रावण २०७३ १२:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App