coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

बार्सिलोनाले नेइमारविरुद्ध मुद्दा चलाउने

बार्सिलोना- ब्राजिली स्ट्राइकर नेइमारले बार्सिलोनासँग बोनसस्वरूप १ करोड डलर लिए पनि पछि सम्झौताविपरीत विश्व कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मन (पिएसजी) सँग सरुवा सम्झौता गरेकोमा स्पेनिस टोलीले उनीमाथि मुद्दा चलाउने भएको छ।

बार्सिलोनाले मंगलबार नेइमारबाट बोनसस्वरूप दिएको रकमको शोधभर्ना चाहेको बताएको छ। गत वर्ष अक्टोबरमा २०२१ सम्म क्याटलान टोलीमै रहने सम्झौता गरेपछि नेइमारले उक्त बोनस पाएका थिए। तर नेइमारले सम्झौता उल्लंघन गरेपछि उनले बोनस र त्यसको १० प्रतिशत थप रकम बुझाउनुपर्ने बार्सिलोनाको माग छ।

पिएसजीले बार्सिलोनालाई यसै महिनाको पूर्वार्द्धमा २२ करोड २० लाख युरो तिरेपछि मात्र नेइमार बार्सिलोना छोड्न सफल भएका थिए। तर नयाँ सम्झौता गरेको केही महिनामै त्यसलाई तोडेका कारण बार्सिलोनाले नेइमारबाट क्षतिपूर्तिसमेत चाहेको जनाएको छ। नेइमारले नतिरे उक्त रकम पिएसजीले तिर्नुपर्ने समेत बार्सिलोनाको जिकिर छ।

पिएसजीले मंगलबारै ढिलो गरी विज्ञप्ति जारी गर्दै 'बार्सिलोनाको पछिल्लो कदमबाट आफू आश्चर्यमा परेको' जनाएको छ।

स्पेनमा आफ्नै पूर्वखेलाडी नेइमारमाथि बार्सिलोनाले कानुनी कदम चालेकोमा आश्चर्य जनाएको पिएसजीले थपेको छ, 'पिएसजीले नेइमारको पूर्वक्लबलाई ठूलो रकम तिरेको थियो। पिएसजीले आवश्यक परे फेरि पनि त्यसो गर्नेछ। हामी जहिले पनि विद्यमान कानुनको सम्मान गछार्ंै र त्यसलाई पालना गछौं। तथापि हामी बार्सिलोनाको व्यवहारप्रति भने दुखी छौं।'

प्रकाशित: ८ भाद्र २०७४ ०४:१६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App