coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

न्यु डायमन्ड र एपिएफ फाइनलमा

पोखरा- छैटौं संस्करणको महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमी र सशस्त्र प्रहरीको एपिएफ क्लब उपाधिनजिक पुगेका छन्। बुधबार भएको सेमिफाइनलमा न्यु डायमन्डले पश्चिमाञ्चल र एपिएफले नेपाल पुलिस क्लबलाई पराजित गरेका हुन्।

पहिलो सेमिफाइनल खेलमा न्यु डायमन्डले पश्चिमाञ्चललाई सोझो सेटमा पराजित गरेको थियो। न्यु डायमन्डले २५–१६, २५–१९ र २५–१७ को सेटमा पश्चिमाञ्चलमाथि जित हासिल गरेको थियो। त्यस्तै दोस्रो सेमिफाइनल खेलमा एपिएफले २५–१०, २५–२१ र २५–२० को सोझो सेटमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो।

फाइनल खेल बिहीबार हुनेछ।  तेस्रो स्थानका लागि पश्चिमाञ्चल र पुलिसबीच खेल हुनेछ। यसअघि मंगलबार वर्षाका कारण रोकिएको एपिएफ र पश्चिमाञ्चलबीचको खेलमा एपिएफले सोझो सेटमा जित हासिल गरेको थियो। एपिएफले २५–११, २५–९ र २५–१५ को सेटमा पश्चिमाञ्चलमाथि जित हासिल गरेको थियो। सेमिफाइनल प्रवेशका लागि एफिएफ र जावलाखेलबीच भएको खेलमा एपिएफले जावलाखेललाई २५–६, २५–९ र २५–७ को सेटमा पराजित गरेको थियो।

तीज पर्वको अवसर पारेर पोखराको लामाचौरमा प्रतियोगिता आयोजना गरिएको हो। नव आदर्श सामुदायिक विकास समाजले आयोजना गरेको प्रतियोगितामा न्यु डायमन्ड एकेडेमी, विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ, पश्चिमाञ्चल भलिबल संघ र जावलाखेल भलिबल प्रशिक्षण केन्› गरी ५ टिम सहभागी छन्।

लिग कम नकआउटका आधारमा सञ्चालित प्रतियोगिताको विजेताले ७५ हजार १ सय १, उपविजेताले ५० हजार १ सय १ र तेस्रो हुनेले २० हजार १ सय १ रुपैयाँसहित मेडल, प्रमाणपत्र पाउनेछन्। सान्त्वना पुरस्कार १५ हजार १ सय १ रुपैयाँ रहने खेल संयोजक सुशीलकुमार श्रेष्ठले बताए। बेस्ट प्लेयर, बेस्ट क्विकर, बेस्ट लिबेरो, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट डिफेन्डर र बेस्ट कोचलाई पुरस्कारस्वरूप ट्रफी र घडी उपहार प्रदान गरिनेछ।

प्रकाशित: ८ भाद्र २०७४ ०४:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App