१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राजपा चुनावमा जाने

काठमाडौं- राष्ट्रिय जनता पार्टी आगामी असोज २ मा हुने तेस्रो चरणाको चुनावमा सहभागी हुने भएको छ। राजपा पदाधिकारी बैठकले पार्टी चुनावमा जाने अनौपचारिक निर्णय गरेको पार्टीसम्बद्ध नेताले बताएका छन्। बिहीबार राजपा अध्यक्ष मण्डलका सदस्यले औपचारिक निर्णय सार्वजनिक गर्ने तयारी भएको राजपा पदाधिकारीले बताएका छन्।

राजपा चुनावम जाने भएपछि उम्मेदवारको कार्यविधि र चुनाव चिह्न टुंगो लगाउने जिम्मा पदाधिकारी बैठकले अध्यक्ष मण्डलका सदस्यलाई दिएको उनीहरूले जनाएका छन्। पदाधिकारी बैठकपछि अध्यक्ष मण्डलको बैठक बुधबार साँझ बसेको थियो।

राजपा महासचिव मनिष सुमनले तेस्रो चरणको चुनावमा राजपा सहभागी हुने निश्चित भएको बताए। यसको औपचारिक निर्णय बिहीबार सार्वजनिक हुने  उनले जानकारी दिए। 'राजपा चुनावमा जाने निर्णयमा मैल नोट अफ डिसेन्ट लेखेको छु तर पनि पार्टी चुनावमा जाने निश्चित भयो,' सुमनले भने, 'यथास्थितिमा पार्टी चुनावमा जानु हँुदैन भन्ने मेरो भनाइ थियो।'

अर्का महासचिव अर्जुन उप्रेतीले पनि राजपा चुनावमा जाने निर्णय भएको दाबी गरे। 'चुनावमा जाने निर्णय गरिसकेका छौं। औपचारिक निर्णय बिहीबार हुन्छ,' उनले भने। राजपाका सहमहासचिव सुरेश मण्डलले पनि पार्टी चुनावमा जाने निश्चित भएको बताए।

प्रकाशित: ८ भाद्र २०७४ ०२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App