coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

उठीउठी फर्किए ओली

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले आफूलाई भेट्न प्रधानमन्त्री कार्यालय आइपुगेका प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई 'बसौं' सम्म नभनी बिदा गरेका छन्।

बाढीपीडितको सहयोगका लागि एमाले सांसदले उपलब्ध गराएको एक महिनाको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न ओली मंगलबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका थिए।

अपराह्न ५ बजेर २० मिनेट जाँदा प्रधानमन्त्री कार्यालय पुगेका ओलीसहितको टोली पाँच मिनेटमै त्यहाँबाट बाहिरिएको थियो। 'प्रधानमन्त्रीको कार्यकक्षमा उठीउठी रकम बुझाउने काम भयो,' ओलीका स्वकीय सचिव राजेश बज्राचार्यले भने, 'रकम बुझाएपछि प्रधानमन्त्रीले धन्यवाद भन्नुभयो। त्यसपछि बाहिरियौं।'

टोलीमा ओलीसहित एमाले उपाध्यक्ष वामदेव गौतम, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रमुख सचेतक भानुभक्त ढकाल, सचेतक गोकुल घर्तीलगायत थिए।

ओलीले एमालेका सांसदको एक महिनाको तलबबापत ९९ लाख ७८ हजार ३ सय ९० रुपैयाँ प्रधानमन्त्री राहत कोषमा बुझाए। एमालेका १ सय ८० सांसद छन्।

प्रकाशित: ८ भाद्र २०७४ ०२:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App