coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

देउवाले दिल्लीमा चार्टड एकाउन्टेन्सी र नर्सिङ विद्यार्थीका समस्यामा चासो देखाए

प्रधानमन्त्री देउवालाई स्वागत गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज

एकराज पाठक

नयाँ दिल्ली—प्रधानमन्त्री शेरबहादुर देउवाले भारतमा अध्ययन गरिरहेका वा विभिन्न पेसा व्यवसायमा लागिरहेका नेपाली समुदायका नागरिकलाई नेपालमै फर्किएर देश विकासमा सघाउन आग्रह गरेका छन्।

भारतको राजकीय भ्रमणका लागि बुधबार नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री देउवाले भने, 'नेपाली विद्यार्थी उच्च शिक्षा र ज्ञान आर्जन गरेपछि नेपाल फर्किनुस्, देशलाई तपाईहरूको सेवा र ज्ञान आवश्यक छ।'

भारतको चार्टड एकाउन्टेन्सीलाई नेपालमा मान्यता नहुने विषयप्रति प्रधानमन्त्रीले चासो जनाए। 'भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूमध्ये भारतमा चार्टर्ड एकाउन्टेन्सी पढेर पनि नेपाल गएर फेरि पढ्नुपर्ने अवस्था छ। भारतमा स्टाफ नर्स पढेकालाई नर्सिङ काउन्सिलमा दर्ता गर्न नमान्ने गरेको जस्ता समस्या छन्। यी समाधानका लागि दुई सरकारका सरोकारवालाबीच आवश्यक वार्ता गरी पहल हुनु पर्दछ', उनले भने।

'भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूमध्ये भारतमा चार्टर्ड एकाउन्टेन्सी पढेर पनि नेपाल गएर फेरि पढ्नुपर्ने अवस्था छ। भारतमा स्टाफ नर्स पढेकालाई नर्सिङ काउन्सिलमा दर्ता गर्न नमान्ने गरेको जस्ता समस्या छन्। यी समाधानका लागि दुई सरकारका सरोकारवालाबीच आवश्यक वार्ता गरी पहल हुनु पर्दछ', उनले भने।

प्रधानमन्त्री देउवालाई नयाँ दिल्लीस्थित नेपाली दूतावासमा नेपाली राजदूत दीपकुमार उपाध्यायसहित कर्मचारीहरू तथा त्यहाँ उपस्थित ठूलो संख्याका नेपालीहरूले विशेष स्वागत गरेका थिए। त्यहाँ उपस्थित नेपाली समुदायका नागरिकको भेलालाई सम्बोधन गर्दै उनले भारतमा वा संसारको कुनै पनि कुनामा रहेका नेपालीहरूलाई आफ्नो देशको प्रतिष्ठालाई माथि उठाउने गरी र आफ्नो मातृभूमिप्रतिको कर्तव्य बोध गरेर आ आफ्ना पेसा र व्यवसाय गर्न आग्रह गरे।

उनले नेपाल भारतबीच सदियौँदेखि असल सम्बन्ध रही आएको स्मरण गर्दै यस सम्बन्धलाई थप सुमधुर र विकसित गर्न भारतमा रहेका प्रवासी नेपालीले अवैतनिक दूतका रुपमा काम गरिरहेको बताए।

'जनस्तरमा दुई देशको सम्बन्ध विकासका लागि तपाईहरूको भूमिका अहम हुन्छ, सकारात्मक भूमिका निर्वाह गर्नुहोला', उनले भने। प्रधानमन्त्री देउवाले नेपालमा अब नयाँ संविधान लागू भएसँगै राजनीतिक स्थायित्वको वातावरण बनेको र लगानीका थूपै्र सम्भावनाहरू पनि खुलिसकेकाले नेपालमा लगानीका लागि पनि भारतमा रहेका नेपाली समुदाय एवम् भारतीय उद्योगपति व्यवसायीहरूलाई आग्रह गरेका थिए।

त्यस अवसरमा भारतमा रहेका विभिन्न प्रवासी संघ, संगठनहरूले भारतमा रहँदा, विभिन्न पेसा व्यवसाय सञ्चालन गर्दा, अध्ययन अध्यापन गर्दा उत्पन्न समस्याका साथै समय समयमा नेपाल जाने क्रममा सीमा क्षेत्रमा भारतीय सुरक्षा बलद्वारा नेपालीमाथि ज्यादति गर्ने गरेको भन्दै ती समस्याको समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

प्रवासी नेपाली संस्थाहरूले नेपालमा २०४६ साल होस या दोस्रो जनआन्दोलनका समयमा पनि नेपालमा प्रजातन्त्रको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको स्मरण गर्दै उनीहरूको समस्याप्रति गम्भीर भएर नेपाल सरकारले भारतसमक्ष कुरा उठाउन आग्रह गरेका थिए।

उनीहरूले भारतमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरूमध्ये भारतमा चार्टर्ड एकाउन्टेन्सी पढेर पनि नेपाल गएर फेरि पढ्नुपर्ने अवस्था रहेको, भारतमा स्टाफ नर्स पढेकालाई नर्सिङ काउन्सिलमा दर्ता गर्न नमान्ने गरेको जस्ता समस्या रहेकाले समाधानका लागि दुई सरकारका सरोकारवालाबीच आवश्यक वार्ता गरी पहल गरिदिनुपर्नेमा जोड दिएका थिए।

नेपाली जनसम्पर्क समिति भारत, प्रवासी नेपाली संघ भारत र अखिल भारत नेपाली एकता समाजलगायतले ती समस्याबारे अवगत गराएका थिए।

प्रधानमन्त्री देउवाले आजै साँझ नयाँ दिल्लीको होटल ताजमा भारतीय चेम्बर अफ कमर्सद्वारा आयोजना हुने उद्योगी, व्यवसायीहरूको संयुक्त अन्तरक्रियालाई सम्बोधन गर्दैछन्।

 

 

प्रकाशित: ७ भाद्र २०७४ १४:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App