८ वैशाख २०८१ शनिबार
प्रवास

अढाई करोडको राहत लिएर एनआरएन नेता सप्तरीमा (भिडियो)

एनअारएनले सप्तरीको बोदेबर्साइनमा गरेको राहत वितरण । भिडियो/ फोटोः जितेन्द्र झा

राजविराज—पछिल्लो साता आएको बाढीले बिचल्लीमा परेका सप्तरीका बाढीपीडित राहत वितरण गर्न यतिबेला गैरआवासिय नेपाली संघ (एनआरएनए)को टोली सप्तरी आइपुगेको छ। अध्यक्ष शेष घले नेतृत्वमा मंगलबार सप्तरी आइपुगेको टोलीले जिल्लाको पश्चिमी–दक्षिणी भेगमा रहेको बोदेबर्साइन नगरपालिका तथा उत्तर–पूर्वी तिरहुत गाउँपालिकामा छुट्टा–छुट्टै दुई वटा शिविरमार्फत् राहत विरण गरिरहेको छ।

'हामीले समाचारमा सुनेभन्दा यहाँको अवस्था नाजुक भएको पाएँ', उपाध्यक्ष पन्तले नागरिकन्युजसँग भने, 'घन्टौं हिँडेर राहत लिनका लागि स्थानीय आमाबुवा तथा दाजुभाइ दिदीबहिनीहरु आउनु भएको छ। यस्तो दयनीय अवस्था होला भन्ने सोचेको थिइनँ।'

चर्को घाम र गर्मीबीच संघका पदाधिकारी एवं स्वयंसेवकहरुले राहत वितरण कार्यमा सहभागिता जनाइरहेका हुन्। बोदेबर्साइन नगरपालिकास्थित राहत शिविरको नेतृत्व उपाध्यक्ष कुमार पन्तले गरिरहेका छन्। यो शिविरबाट मंगलबार साँझदेखि राहत वितरण भइरहेको छ। हिजो ६ सय परिवारलाई राहत बाढिएकोमा आज साँझसम्म त्यो संख्या करिब २ हजार पुगेको उनले सुनाए।

झन्डै अढाई करोड रुपैयाँको राहत सामग्री तथा चिकित्सकिय टोलीसहित एनआरएन नेताहरु बाढी प्रभावित क्षेत्रमा आएका हुन्। पन्तका अनुसार करिब पाँच हजारलाई राहत वितरण गरिनेछ।

'हामीले समाचारमा सुनेभन्दा यहाँको अवस्था नाजुक भएको पाएँ', उपाध्यक्ष पन्तले नागरिकन्युजसँग भने, 'घन्टौं हिँडेर राहत लिनका लागि स्थानीय आमाबुवा तथा दाजुभाइ दिदीबहिनीहरु आउनु भएको छ। यस्तो दयनीय अवस्था होला भन्ने सोचेको थिइनँ।'

तिरहुत गाउँ पालिकास्थित राहत शिविरको नेतृत्व संघका अध्यक्ष शेष घलै आफैँले गरिरहेका छन्। तिरहुत गाउँपालिकाका ५ सय परिवारलाई राहत वितरण गर्ने लक्ष्य छ। गत असार १७ गते महुली खोलामा आएको बाढीले तिरहुत गाउँपालिकाको लोहजारा, भेडिया, मैनाकडेरी लगायतका बस्ती डुबाएको थियो। त्यतिबेलै प्रधानमन्त्री शेरबहादुर देउवा, गृह मन्त्री जनार्दन शर्माको टोली सो क्षेत्रको स्थलगत अवलोकन गरेको थियो। सरकारी टोलीले राहतको आश्वासन दिए पनि बाढीपीडितलाई खानेपानी, स्वास्थ्योपचार तथा खाद्यान्न व्यवस्था गर्न सकेको थिएन।

साउन २८ गते आएको भिषण बाढीले तिरहुत गाउँपालिका पुनःडुबानमा परेको थियो। गृह मन्त्रालयसँगको समन्वयमा गैरआवासीय नेपालीको टोली सप्तरी आइपुगेको हो।

‘गृह मन्त्रालयकै तथ्यांक र देखादिएको स्थानमा राहत वितरण गरिरहेका छौं।’

‘बाढीआइरहेको समयमै हामीले गृहमन्त्रीसँग सम्पर्क गरेर राहत वितरण गर्ने इच्छा जनाएका थियौं। मन्त्रालयको समन्वयमा हामी यहाँ आएका हौं’, उपाध्यक्ष पन्तले भने, ‘गृह मन्त्रालयकै तथ्यांक र देखादिएको स्थानमा राहत वितरण गरिरहेका छौं।’

एनआरएनएले प्रतिपरिवार ६ हजार रुपैयाँ बराबरका राहत सागम्री वितरण गरिरहेको छ। राहतमा प्रतिपरिवार १ थान त्रिपाल, एक थान झुल, २५ किलो चामल, २ किलो दाल, नुन, चिनी, तेलसहितका सामग्रीहरु छन्। राहत शिविरसँगै संघले स्वास्थ्य शिविर पनि सञ्चालन गरिरहेको छ। बिराटनगरबाट चिकित्सक तथा नर्सको टोली झिकाएर शिविर सञ्चालन गरिएको हो।

बोदेबसाईन र तिरहुतस्थित शिविरमा राहत वितरण सकिएपछि तिलाठी कोइलाडी तथा अन्य एक स्थानमा एनआरएनएले पुनः शिविर सञ्चालन गर्ने जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

एनआरएनएले राहत वितरण गर्न छनौट गरिएकास्थान सप्तरीका ग्रामीण भेगहरु हुन्। साउनको अन्तिम आएको बाढीले यहाँ ठूलो क्षति पुर्‍याएको थियो। सयौंका घर बगेका छन्। हजारौं बाढीपीडितहरु अझै आफ्नो घर फर्किसकेका छैनन्।

तराईमा बाढीले बितन्डा मच्चाइरहेका बेला साउन २९ गते एनअारएनए अन्तरार्ष्ट्रिय समन्वय परिषदको अाकस्मिक बैठकले बाढीपीडितका लागि अापतकालीन राहत कोष स्थाना गर्ने निर्णय गरेको थियो। कोषमा एनअारएनए अध्यक्ष शेष घले तथा उनकी पत्नी जमुना गुरुङले एक करोड रुपैयाँ जम्मा पारेका थिए।

एनआरएनका संरक्षक जीवा लामिछाने, उपाध्यक्षहरु भवन भट्ट र कुमार पन्तले एक/एक लाख रुपैयाँ सहयोग गरेका थिए। कोषमा विभन्न देशका एनसीसीहरुले रकम जम्मा पारेका थिए।

तस्विरहरु : जितेन्द्र झा

एनअारएनले सप्तरीको बोदेबर्साइनमा गरेको राहत वितरण । भिडियो/ फोटोः जितेन्द्र झा
एनअारएनले सप्तरीको बोदेबर्साइनमा गरेको राहत वितरण । भिडियो/ फोटोः जितेन्द्र झा
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App