४ वैशाख २०८१ मंगलबार
समाज

मेची राजमार्ग १४ घण्टा अवरुद्ध भई एकतर्फी खुल्यो

पाँचथर– निरन्तरको वर्षाका कारण पहिरो खसेर मेची राजमार्गको पाँचथर खण्ड १४ घण्टा अवरुद्ध भई खुलेको छ। पहिरोसँगै ठुला ढुंगा झरेपछि मेची राजमार्गअन्तर्गत फिदिम नगरपालिकाको कृष्ण मन्दिर छेउमा १४ घण्टा अवरोध भएको थियो।

सोमबार भएको विप्लव माओवादिको बन्दका कारण रोकिएका यात्रुहरुले सडक अवरुद्ध भएपछि घण्टौँ सकस व्यहोर्नु परेको थियो। सोमबार राती ११ बजेदेखि अवरुद्ध बनेको सडक मंगलाबार दिउँसो दुई बजेमात्र एकतर्फी रुपमा खुलेको थियो। हिलो पन्छाएर स्काइभेटरले भित्तामा खनेर एकतर्फी बाटो खुलाएर दुई बजे साना सवारी साधन सञ्चालनमा ल्याएको थियो।
नेपाली सेनाको भैरवी दल गणबाट खटिएका सेनाले दुईपल्ट प्रयास गर्दामात्र विष्फोटक पदार्थ पड्काएर ढुंगा फूटाएका थिए। मंगलाबार साँझबाट मात्रा दोहोरो आवागमन सुचारु भएको छ। विस्फोट गराउने पहिलो प्रयास असफल भएको थियो। लामो प्रयास पछि मात्र सडक खुलाउन सकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख उत्तम भण्डारीले बताए।
सोमवारको बन्दले रोकिएका पाँचथर, ताप्लेजुङ, तेह्रथुमका विभिन्न ठाँउबाट छुटेका यातायतका साधन रोकिएका हुन्। यसैगरी यी ठाँउमा विर्तामोड, इलाम, धरान, इटहरी तथा काठमाण्डौँबाट छुटका यातायातका साधन पनि रोकिएका थिए। बस्ती तथा होटल नभएका भिरालो ठाँउमा यात्रुले सकस व्यहोर्नु परेको थियो।
पानी परिरहेका राजमार्ग फेरी पहिरो खस्न सक्ने अवस्था छ। सडकमा खसेको ठुलो ढुङ्गो हटाएपछि मात्र ठुला सवारी साधन सञ्चालन हुने छन्।  मंगलवार बिहानै देखि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, ट्राफिक प्रहरी, सडकका कर्मचारी र स्थानीय वासिन्दा मंगलबार बिहानैदेखि पहिरो हटाउन खटिएका थिए। स्काइवेटर लगाएर अवरोध पन्छाउन खोजे पनि ठुङ्गाका कारण समयमा सडक खुल्न सकेन।
यस्तै मेची राजमार्गको कावेलीमा भएको अवरोध पनि हटाइएको छ। कावेली खोला छेउमा ढिस्को झरेरअवरुद्ध सडक सञ्चालनमा ल्याइएको पाँचथरका प्रहरी प्रमुख डिएसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए। मेची राजमार्गका विभिन्न ठाँउमा साना साना ढिस्को झरेका छन्।
उता मध्यपहाडी लोकमार्गको आयामको मुसेपा र फलैचाको सेरेजामा पहिरोले बाटो अवरुद्ध गराएको छ। स्थानीय यज्ञ भटराईका अनुसार हिजोदेखि बाटो अवरुद्ध भएको छ। मेची राजमार्गको गणेशचोकदेखि च्याङ्थापुसम्म मध्यपहाडी लोकमार्ग सञ्चालित छ। ओयाम माविसम्म मात्र दुःखले गाडी पुग्न सक्ने अवस्था रहेको स्थानीयले बताए।
यता, फिदिमको सिवालयमा पहिरो खस्दा दुई घर जोखिममा परेको छ। पहिरोका कारण जय नेम्वाङ र वन पैदावार संघको घर जोखिममा परेको हो। पहिरोमा दुईवटा बाख्रासमेत पुगरेको छ। निरन्तरको वर्षाको कारण गाँउ जोड्ने अधिकांश सडक अवरुद्ध भएका छन्। ग्रामीण क्षेत्रका सबै सडकहरु हिलो, पहिरोका कारण अवरुद्ध बन्दा जनजीवन कष्टकर बन्न पुगेको छ।
फिदिम–यासोक सडक खण्डबाहेकका ग्रामीण सडक पूर्ण रुपमा अवरुद्ध छन्। ठुलो बजेट खर्चिएका फिदिम–फलोट, राँके–रविलगायतका दर्जनौँ सडक अवरुद्ध हुँदा जनजीवन कष्टकर बनेको हो।
पाँचथरको फिदिममा अवरुद्ध मेची राजमार्ग खुलाउन प्रयास गरिदैँ। तस्बिरः गिरिराज बाँस्कोटा

 

प्रकाशित: ११ श्रावण २०७३ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App