coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

विमान अाकाशमा उडिरहँदा यौनक्रिया

लस भेगास— भनिन्छ धेरै मान्छेलाई उचाइमा उडान गरिरहँदा यौन चाहना अझ बढ्छ। सार्वजनिक विमानमा निजी गतिविधिको छुट नहुँदा अधिकांशले आफ्ना चाहना पूरा गर्न सक्दैनन्। तर हालै एन्टलान्टादेखि लस भेगासको यात्रामा निस्किएको एक जोडीले भने आफ्नो रहर मर्न दिएन। साउथवेष्ट एयरलाइन्सको विमानमा बोर्ड हुँदैदेखि उनीहरुले चुम्बन सुरु गरेका थिए। आकाश उडिरहँदा उनीहरुले आफूलाई अझ सक्रिय बनाए।

साउथ वेष्ट एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै घटनाबारे माफी मागेको छ। 'साउथवेष्ट यस किसिमको गतिविधि कदापी क्षमा गर्न सक्दैन। यो घटनाबाट अन्य यात्रुमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं', विज्ञप्तिमा भनिएको छ।

लस भेगासस्थित म्याक क्यारन अन्तरार्ष्ट्रिय विमानस्थलका अनुसार विमान उडिरहँदा उनीहरुले आफूलाई नियन्त्रण गर्न सकेनन्। यौनक्रिडा गरे। विमानमा यात्रारत अन्य यात्रुलाई लाजमर्दो भएपछि छिमेकी यात्रुले फ्लाइट अन्टेन्ड्सलाई उजुरी गरेका थिए। विमान चालकले अनाउन्स गर्दै त्यस्तो क्रियाकलाप नगर्न आग्रह गरे पनि उनीहरुले त्यसलाई वास्ता गरेनन्। सबैप्रति आँखा चिम्लिए।

'दुवैले स्वनियन्त्रण गुमाएको पाइयो। उनीहरु दुवै एकअर्कामा साँच्चै सामहित भए', विमानस्थल प्रवक्ता माइकल ओरमले भने। विमान शनिबार बिहान लस भेगासमा अवतरण भएपछि अाकाशमा भएको घटनाबारे विमानस्थल प्रहरीमा उजुरी भएको थियो। साउथ वेष्टको फ्लाइट नम्बर ३२४६ का ती दुई युवा युवतीलाई प्रहरीले गेटमै भेट्यो। सामान्य सोधपुछ गर्‍यो र छोडिदियो। स्थानीय लस भेगास रिभ्यु जर्नलले भेगासका लागि यो घटना सामान्य भएको टिप्पणी गरेको छ।

साउथ वेष्ट एयरलाइन्सले एक विज्ञप्ति जारी गर्दै घटनाबारे माफी मागेको छ। 'साउथवेष्ट यस किसिमको गतिविधि कदापी क्षमा गर्न सक्दैन। यो घटनाबाट अन्य यात्रुमा पर्न गएको असुविधाका लागि क्षमाप्रार्थी छौं', विज्ञप्तिमा भनिएको छ। अमेरिकामा मध्य आकाशमा उडिरहँदा यौनक्रिडा भएको घटना पहिलो पटक सार्वजनिक भएको मिडियाहरुले उल्लेख गरेका छन्। जुन महिनामा लिब्जाका लागि उडेको एउटा विमानका यात्रुले आफ्नी प्रेमिकासँग यौन कार्य गरेको भिडियो भाइरल भएको थियो।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App