खुम्बुमा स्मार्टकार्ड लागू गर्ने तयारी

बुधबार, ०७ भदौ २०७४, १४ : ०५ नागरिक

सोलुखुम्बु—सगरमाथाको फेदी भनेर चिनिने खुम्बु पासाङल्हामु गाउँपालिकाले पर्यटकका लागि स्मार्टकार्ड लागू गर्न तयारी शुरु गरेको छ। गाउँपरिषद्का क्रममा सो गाउँपालिकामा प्रवेश गर्ने सबै विदेशी पर्यटकलाई स्मार्ट कार्डमा आबद्ध गर्ने निर्णय गरेअनुरुप स्मार्ट कार्डका लागि प्रक्रिया अघि बढाइएको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले जानकारी दिए।

अध्यक्ष शेर्पाका अनुसार खुम्बु प्रवेश गरेका पर्यटक बेपत्ता हुने तथा सुरक्षामा चुनौती बढ्दै गएकाले पर्यटकको सुरक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको हो।

उनका अनुसार पर्यटक खुम्बुको प्रवेशद्वार लुक्लामा प्रवेशलगत्तै उनीहरुलाई स्मार्ट कार्ड उपलब्ध गराउने र त्यो कार्ड बोक्ने पर्यटक कहाँ जाँदैछ भन्ने जानकारी लिइनेछ। स्मार्ट कार्डका लागि टेण्डर आह्वान गरी सकेसम्म आगामी आरोहणको मौसमभन्दा अघि परीक्षणका रुपमा भएपनि लागू गर्ने अध्यक्ष शेर्पाले बताए।

वर्षमा औषत ३५ हजारको हाराहारीमा विदेशी पर्यटक आउने खुम्बुमा वर्षेनी तीन-चार जना पर्यटक हराउने गरेको प्रहरीको तथ्याँक छ।

उचाइमा हुने विभिन्न स्वास्थ्य समस्याका कारण आपत्कालीन उद्धार गर्नुपर्ने पर्यटकको संख्या समेत थुप्रै हुने गरेको छ। स्मार्टकार्ड लागू भएपछि आपत्कालीन अवस्थामा उद्धार चाँडो हुने र पर्यटकले सुरक्षित महशुस गर्ने अध्यक्ष शेर्पाको भनाइ छ। रासस







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्सको चोकोफन रोल्स बजारमा

सुजल फूड्स प्रा. लि.ले हालै वाफ़र रोल्स अन्तर्गत चोकोफन रोल्स बजारमा ल्याएको छ। ...

साताभरीमा ३३ बिन्दुको गिरावट

साताभरीमा ३३ बिन्दुको गिरावट

पुँजीबजार विकासका लागि आवश्यक पूर्वाधारले फड्को मारे पनि बजार भने निरन्तर घट्दै गएको छ । ...

सुन्धारा क्लिनिक सञ्चालनमा

सुन्धारा क्लिनिक सञ्चालनमा

काठमाडौंको सुन्धारास्थित सुन्धारा क्लिनिक प्रालिले शनिबारदेखि औपचारिक रुपमा स्वास्थ्य उपचार सेवा सुरु गरेको छ । ...

खोकनामा नेपाल बंगलादेश बैंक

खोकनामा नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ललितपुरको खोकनामा शाखा विस्तार गरी कारोबार सुरु गरेको छ । ...

बल्खुमा इसुजु सोरुम

बल्खुमा इसुजु सोरुम

राजधानीको बल्खुमा जापानी ब्रान्डको गाडी इसुजुको सोरुम खुलेको छ । ...

फर्नेक्स २०१९ मा घुइँचो

फर्नेक्स २०१९ मा घुइँचो

सातौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०१९) मा अवलोकनकर्ताको भिड लागेको छ । ...

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्दको १३ औं जहाज काठमाडौं आईपुग्यो

बुध्द एयरलाईन्सले थप एक ATR-72 जहाज भित्र्याएको छ। ...

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनिग्रामद्वारा २४ जना पुरस्कृत

मनी ट्रान्सफर तथा भुक्तानी सेवा प्रदायक कम्पनी मनिग्रामले २४ जनालाई पुरस्कार वितरण गरेको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी...

Ncell Footer Ad