coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

राप्रपाका १८ सांसदमाथि कारबाही

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टी छाडेका १८ सांसदलाई कारबाही गरेको छ । 
राप्रपा संसदीय दल र केन्द्रीय समितिमा सदस्यहरूको संयुक्त बैठकले संविधान संशोधनका पार्टी ह्विपविरुद्ध गएर पक्षमा मतदान गरेको भन्दै कारबाही गर्न प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। 

‘संविधान संशोधनसम्बन्धी संसद्मा प्रस्तुत भएको विधेयकको विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको ह्विप उल्लंघन गर्ने १८ जना सांसदलाई प्रमुख सचेतकको प्रतिवेदनका आधारमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरियो’, बैठकपछि प्रवक्ता भुवन पाठकले जारी विज्ञप्तिमा भनिएको छ । 

राप्रपाले सांसदहरु रेशम लामा, रामकुमार सुब्बा, बबिना मोक्तान, विराज विष्ट, कमला शर्मा, सीता लुइँटेल, धानुदेवी महरा, सयेन्द्र बान्तवालाई कारबाही गरेको हो । त्यसैगरी दीपक बोहोरा, सुनिलबहादुर थापा, विक्रम पाण्डे, सरोज शर्मा, आनन्दी पन्त, रमेशबहादुर लामा, राज्यलक्ष्मी श्रेष्ठ, गीता सिंह, लक्ष्मी थापा पासवान पनि कारबाहीमा परेका छन्। 

प्रमुख सचेतक कुन्ती शाहीले प्रस्तुत गरेको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया बनाउने निर्णय गरेको सहप्रवक्ता मोहन श्रेष्ठले बताए। 

‘अनुशासन समितिले तीन दिनभित्रै जाँचबुझ गरी कस्तो कारबाही गर्ने विषयमा सिफारिस गर्न निर्णय गरेको छ,’ श्रेष्ठले भने । 
कारबाहीमा परेका सांसदहरु राप्रपाबाट विभाजित राप्रपा (प्रजातान्त्रिक) मा रहेका छन् । पशुपतिशमशेर राणाको नेतृत्वका राप्रपा (प्रजातान्त्रिक) निर्वाचन आयोगमा दर्ता प्रक्रियामा छ । सविनासिंह शाह, प्रह्लाद साह, भीमसेन गुरुङले हस्ताक्षर फिर्ता गरेको राप्रपाले जनाएको छ। 

 

 

प्रकाशित: ७ भाद्र २०७४ ०२:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App