coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाणगंगा नदी गाउँ पस्याे, सात सय बढी घर डुबानमा, एक जनाको मृत्यु

कपिलवस्तुका बाणगंगा नदीमा आएको बाढीले डुबानमा परेका क्षेत्रहरु, डुबान र बाढीमा फसेकोहरुको उद्धार गरिँदै। तस्बिर: किरणमान बज्राचार्य

किरणमान बज्राचार्य

कपिलवस्तु–भीषण बर्षासँगै बाणगंगा नदीमा आएको बढीले जिल्लाका एक दर्जन गाविसका सात सय बढी घर डुवानमा परेका छन्। सोमबार राति देखिको अबिरल बर्षापछि नदीमा पानीको बहाव बढेपछि दर्जनौं गाउ डुबानमा परेका हुन्। बाणगांगा नगरपालिका–१३ मा पर्ने आधा दर्जन बस्तीहरु, कपिलवस्तु नगरपालिकाको तिलौरी, धनकौलीको देवपुरा, बिजगौरी, बलरमवापुर, सौराहाको अकबरपुर, कजराहवाको सिग्राहा, कठौनिया र सोनबर्षा, शिहोखोरको खोरिया, हदौना लगायतका गाउहरु डुबानमा परेको प्रहरी उपरीक्षक बिष्णु कुमार केसीले बताए।

बाढीले सयौं चौपायासमेत बगाएर लगेको छ। सोमबार बिहान बाणगांगा नगरपालिका–१३ मा पर्ने कोइली बनगाईका २ सय बढी घर, भग्लापुरका ७०, धरौनीका ६५, बाडैगाउका ७०, मोतिवपुर डाडा, भलवाडका ५५ घर डुबानमा परेका छन्। बाण्गांगाका पुल छेउमा रहेका २ घर बाढीले बगाएको छ। यस्तै चार नम्बर जीतपुर र इलाका वन पिपरासमते डुबेको छ।

बाणगांगा नगरपालिका–१३ मा पर्ने कोइली बनगाईका २ सय बढी घर, भग्लापुरका ७०, धरौनीका ६५, बाडैगाउका ७०, मोतिवपुर डाडा, भलवाडका ५५ घर डुबानमा परेका छन्। बाण्गांगाका पुल छेउमा रहेका २ घर बाढीले बगाएको छ। यस्तै चार नम्बर जीतपुर र इलाका वन पिपरासमते डुबेको छ।

नदीको पानी बस्तीमा पसेको थियो। बिहान ५ बजे पछि एक्कासी बाढी आउँदा नदी आपपासका घरहरु डुबानमा परेको स्थानीय हरि अधिकारीले बताए। घर डुबानमा परेपछि सर्वसाधारणले ज्यान जोगाउमा छतमाथि बसेका थिए। उनीहरुलाई नेपाली सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोलीले सकुसल उद्धार गरेको थियो।  डुबानमा फसेका ५५ बढीको सकल उद्धार गरिएको प्रहरी उपरीक्षक केसीले बताए।  अबिरल बर्षा र डुबानले त्यस क्षेत्रका बिद्यलाय बन्द गरिएका छन्।

यसैगरी भृकुटी नगरपालिका क्षेत्रमा पर्ने गुरुङ खोलाको बहाव उच्च भएपछि नदी पुल माथि बगेको छ। जसकारण पूर्व पश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध बनेको छ। उता बाढीका दाउरा खोज्न हिँडेका बेला नदीमा फसेका ६ जनालाई धनकौली गाविसको मोतिनगरका दैबी प्रकोप उद्धार टोलीले उद्धार गरेको थियो। बिहान ६ बजेदेखि ६ जना युवाहरु रुखमा चढेर बसेका थिए।

मोतिनगरका एक दजर्न युवाहरुको टोलीले ज्यान जोखममा हारेर उनीहरुलाई ६ घण्टापछि उद्धार गरी परिवारको जिम्मा लगाइएको उद्धार दलका संयोजक गंगासागर केवटले बताए।  कपिलवस्तु नगरपालिका– १८ रुधौलाका शिव केवट, रामचन्द्र केवट, राजेन्द्र बिश्वकर्मा, बब्लु केवट, संदीप हरिजन र शिव चन्द्र कहारको उद्धार भएको हो।

प्रहरी प्रशासनले उद्धारमा आफूहरुलाई खासै सहयोग नगरेको उद्धार टोलीका सदस्य रामु यादवले गुनासो गरे। नदीको बाहाव रामघाट, बिजगौरी र बर्गदीघाटमा रहेको पुलको माथिल्लो भागसम्म पुगेको थियो। बाणगंगा नदीले बिहान जिल्लको उत्तरी भेगमा डुबान गरेकोमा दिउँसो दक्षिणी गाबिसमा उत्पात मच्चाएको छ। अहिले कजराहवा, खोरिया र हदौना गाउमा नदी पसेको छ। नदीको बाहाव गाउमा पसेपछि उद्धार टोली दक्षिणी क्षेत्रमा पठाइएको प्रजिअ इन्दु घिमिरेले बताइन्।

नदीको पानी गाँउमा पसेकाले गाँउ नै बगाउने खतरा बढेको कजराहवाका स्थानीय भगवती कोहारले बताए। नदीमा बगेको दाउरा खोज्नेक्रममा कजराहवाका–९ का प्यारे कलवारका छोरा शिव गुलाम कलवारको मृत्यु भएको स्थानीयले बताए । तर प्रहरीले अहिले सम्म शिव गुलाको मृत्युको पुष्टि नगरे पनि बेपत्ता रहेको बताएको छ।

यसैबीच प्रजिअ घिमिरेसहितको बिपद् ब्यवस्थापन समितिको टोलीले बाणगंगा नगरपालिकाका डुबान क्षेत्रका स्थलगत निरीक्षण गरेको छ। अविरल बर्षाकै कारण सोमबार रातिदेखि शिवपुर गाविसको पूर्व पश्चिम राजमार्गमा पर्ने चोर खोलामा पहिरोले राजमार्ग अवरुद्ध पारेको छ। दैवी प्रकोप उद्धार समिति तथा डिभिजन सडक कार्यालयको पहलमा सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी इन्दू घिमिरेले बताइन्। उता भारतीय बाध बझाहा र महलीसागर बाधको फाटक भारतीय पक्षले बन्द गरेकाले एक दर्जन दक्षिणी गाविस डुबानको खतरामा परेका छन्।

 

कपिलवस्तुका बाणगंगा नदीमा आएको बाढीले डुबानमा परेका क्षेत्रहरु, डुबान र बाढीमा फसेकोहरुको उद्धार गरिँदै। तस्बिर: किरणमान बज्राचार्य
कपिलवस्तुका बाणगंगा नदीमा आएको बाढीले डुबानमा परेका क्षेत्रहरु, डुबान र बाढीमा फसेकोहरुको उद्धार गरिँदै। तस्बिर: किरणमान बज्राचार्य
कपिलवस्तुका बाणगंगा नदीमा आएको बाढीले डुबानमा परेका क्षेत्रहरु, डुबान र बाढीमा फसेकोहरुको उद्धार गरिँदै। तस्बिर: किरणमान बज्राचार्य
कपिलवस्तुका बाणगंगा नदीमा आएको बाढीले डुबानमा परेका क्षेत्रहरु, डुबान र बाढीमा फसेकोहरुको उद्धार गरिँदै। तस्बिर: किरणमान बज्राचार्य
कपिलवस्तुका बाणगंगा नदीमा आएको बाढीले डुबानमा परेका क्षेत्रहरु, डुबान र बाढीमा फसेकोहरुको उद्धार गरिँदै। तस्बिर: किरणमान बज्राचार्य
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App