coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

आयोगद्वारा अस्थायी शिक्षकको परीक्षा स्थगित

काठमाडौं—शिक्षक सेवा आयोगले अस्थायी शिक्षकका लागि लिइने भनिएको परीक्षा स्थगित गरेको छ। अस्थायी शिक्षक-प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तह)का लागि भदौ १० गते तोकिएको परीक्षा स्थगित गरेको आयोगका प्रशासकीय प्रमुख लक्ष्मीराम पौडेलले बताए।

उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट परीक्षा स्थगित गर्नु भनी पत्र सोमबार आएपछि परीक्षा स्थागित गर्नुपरेको बताए।

यसअघि असार ३१ गते र भदौ ३ गते हुने भनिएको परीक्षा आयोगले बाढीपहिरो आएकाले भदौ १० गतेका लागि सारेको थियो । त्यसअघि असार २४ गतेबाट भदौ ३ गतेका लागि परीक्षा सारिएको थियो। उनका अनुसार परीक्षा कार्यक्रम २०७४ साल असोज ८ गतेसम्मका लागि स्थगित गरिएको छ।

मन्त्रिपरिषद् कार्यालयले अविरल वर्षाका कारणले सिर्जना भएको असहज परिस्थिति अझै विद्यमान रहेको र राज्यको सम्पूर्ण ध्यान उद्घार तथा राहत कार्यमा केन्द्रित गर्नु परेको भन्दै शिक्षा मन्त्रालयमार्फत परीक्षा स्थगित गर्न निर्देशन दिएकाले स्थगित गरिएको प्रशासकीय प्रमुख पौडेलले बताए।

देशभरि कार्यरत अस्थायी शिक्षकलाई स्थायी बनाउनका लागि शिक्षा ऐन आठाैँ संशोधनले गरेको व्यवस्थाअनुसार आयोगले गत चैत १९ गते विज्ञापन गरेको थियो। परीक्षामा २०५९ सालभन्दा अगाडिदेखि २०७२ साल असोज २ गतेसम्मका अस्थायी शिक्षकले मात्र प्रतिस्पर्धा गर्न पाउने व्यवस्था छ ।

प्रतियोगितामा १९ हजार २६५ शिक्षकको विज्ञापन गरे पनि १५ हजार ६९० ले मात्र दर्खास्त भरेका थिए। अस्थायी शिक्षकहरु परीक्षा सार्न र ऐनको नवौँ संशोधनका माध्ययबाट विगतमा गरिएको परीक्षामा अनुत्तीर्ण शिक्षकलाई पनि सेवासुविधा उपलब्ध गराउनुपर्ने माग गर्दै आन्दोलित छन् । रासस

प्रकाशित: ६ भाद्र २०७४ १४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App