७ वैशाख २०८१ शुक्रबार
समाज

बाढीपीडितलाई मनीषाको राहत

बाढीपीडितलाई राहत वितरण गर्दै मनीषा कोइराला। तस्विरः मदन

रौतहट— रौतहटका बाढीपीडितलाई बलिउड अभिनेत्री मनीषा कोइरालाले राहत वितरण गरेकी छिन्। बाढीले अति प्रभावित रौतहटको बसन्तपटीका पीडितहरुबीच कोइरालाले डिग्नीकिट वितरण गरेकी छिन्।

युएनएफपिएकी सद्भावना दूत रहेकी कोइरालाले मंगलवार बाढीपीडित प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी, एकल महिला तथा फरक क्षमता भएका ८६ महिलाहरुलाई साडी, पेटिकोट, चोलो, पेन्टी, टुथपेस्ट, साबुन, तेल, छाता, टर्च लगायतका चौधवटा सामग्रीले भरिएको मर्यादा सामग्री (डिग्नीकिट) प्रदान गरेकी हुन्।

युएनएफपिएकी राष्ट्रिय निर्देशक जुलिया भलिसीको उपस्थिति रहेको कार्यक्रममा कोइरालाले बालिकाहरुलाई बालविाह रोक्न प्रोत्साहन गरेकी थिइन्। सयौँ महिला तथा बालबालिकाहरुको बीचमा उनले बाल विवाह रोक्न, छोरीहरुलाई स्कूल पठाउन र सक्षम बनाउन सन्देश दिइन्। बाढीपीडितबीच उनी आउने भएपछि बिहानैदेखि बसन्तपटीमा धेरै मानिसको भीड जम्मा भएको थियो।

कोइरालाले रौतहटका प्रमुख जिल्ला अधिकारी उद्धब बहादुर थापासँग भेट गर्दै रौतहटको बाढीपीडितको अवस्थाबारे जानकारी लिएकी थिइन्। प्रमुख जिल्ला अधिकारीसँग उनले बाढी पीडितलाई के कति सहयोग कसरी गर्न सकिन्छ भनेर कोइरालाले परामर्श गरेकी थिइन्।

बाढी प्रभावित क्षेत्रका गर्भवती, सुत्केरी, अपांग तथा अति गरिब महिलालाई युएनएफपिएले सहयोग गर्ने कुरामा कोइरालाले प्रतिबद्धता जनाइन्। भूकम्पको बेला पहाडमा राहत वितरणको गरेको स्मरण गर्दै उनले यतिबेला बाढीले तराईको जीवन कस्टकर बनाएकाले यता आएको उल्लेख गरिन्।

प्रकाशित: ६ भाद्र २०७४ १२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App