७ वैशाख २०८१ शुक्रबार
समाज

नक्कली गहना बेच्ने पक्राउ

नेपालगन्ज- नक्कली गहनालाई पहेँलो धातुको जलप लगाई सक्कली सुन सरह बिक्रीको प्रयास गर्ने तीन जनालाई बाँके प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालयले आज यहाँ पत्रकारसम्मेलनको आयोजना गरी नक्कली गहनासहित अभियुक्तहरु बाँकेका मंगलप्रसाद थारू, सिन्धुपाल्चोकका कृष्णलाल श्रेष्ठ र जाजरकोटका पूर्णबहादुर विकलाई सार्वजनिक गरेको हो।

नेपालगन्जस्थित एक होटलबाट भदौ ३ गते पक्राउ गरिएका ती अभियुक्तबाट प्रहरीले पहेँलो धातुको जलप लगाएको दुई किलो ३०५ ग्राम नक्कली गहना बरामद गरेको थियो। बाँके प्रहरी उपरीक्षक टेकबहादुर तामाङले पक्राउ परेका अभियुक्तमध्ये पूर्णबहादुर विक यसअघि पुराना बहुमूल्य धातु चोरी गरेको अभियोगमा पक्राउ परिसकेका व्यक्ति भएको बताए।

“हामीले अभियुक्तबाट कोही ठगिएका छन् भने जिल्ला प्रहरी कार्यालयमा सम्पर्क राख्न सूचना जारी गरेका छौँ, प्रहरीले पनि यस सम्बन्धमा थप अनुसन्धानसमेत गरिरहेको छ”, उनको भनाइ थियो। रासस

 

प्रकाशित: ६ भाद्र २०७४ १२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App