६ वैशाख २०८१ बिहीबार
राजनीति

प्रधानमन्त्रीको भारत भ्रमणबारे ओलीको आपत्ती

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणबारे संसदलाई जानकारी नगराएको भन्दै आपत्ती जनाएक छन्।

मंगलबार संसद बैठकमा बोल्दै ओलीले यस अघिका प्रधानमन्त्रीहरुले विदेश भ्रमणबारे संसदलाई जानकारी गराउने गरेको भए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले किन जानकरी नगराएको भन्दै प्रश्न गरे। प्रधानमन्त्री देउवा वुधबार भारत भ्रमणमा निस्कँदै छन्।

'प्रधानमन्त्रीको भारत भ्रमणबारे पत्रपत्रिका पढेर थाहा पाउने पर्ने अवस्था छ', ओलीले भने, 'प्रतिपक्षी दलसँग भ्रमणबारे सल्लाह नगरेर समेत उहाँले उपेक्षा गर्नु भयो।'  

भारतले बाँध बनाएको कारण तराईमा डुवान भएको भन्दै ओलीले भ्रमणको क्रममा कुरा उठाउन प्रधानमन्त्रीलाई आग्रह गरे।

'बाँधहरु अन्तराष्ट्रिय कानुन विपरित बनेका छन्,' ओलीले भने, 'असमान सन्धीहरुको बारे समेत उहाँले कुरा उठाउनु पर्छ, हिजोका सन्धिलाई आजको आँखामा परिमार्जन गर्नु पर्छ।'

बाढी तथा पहिरो प्रभावितलाई राहत वितरणमा सरकारले एकलौटी गरेको आरोप लगाए। रहत वितरणमा प्रतिपक्षलाई सहभागि नगराएको भन्दै ओलीले आक्रोस पो।

भूकम्प पुननिर्माण प्राधिकरणले काम गर्न नसेको उनको भनाई थियो। प्राधिकरणले केही काम नगरेको भन्दै ओलीले यसलाई सशक्त बनाउन सरकारसँग आग्रह गरे।

प्रकाशित: ६ भाद्र २०७४ ०९:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App