७ वैशाख २०८१ शुक्रबार
प्रवास

बेलायतमा नेपालीको घरबाट २५ लाख रुपैयाँको गरगहना चोरी

गहनाको सांकेतिक इमेज

लन्डन–बेलायतमा नेपालीका घरमा गरगहना चोरीका घटना दिन प्रतिदिन बढ्दै गएका छन्। नेपालीको उल्लेख्य रुपमा बसोबास रहँदै आएको अल्डरशट, फानवरो, हन्स्लोलगायतका क्षेत्रमा सुनका गरगहना चोरी हुने क्रम बढेको हो। यस्तै घटना हालै हन्स्लो काउन्सिल अन्र्तगतको फेलथानमा बस्ने एक नेपालीको घरमा दोहोरिएको छ।

बाग्लुङ अमलाचौरबाट आएर लन्डनमा बसोबास गर्दै आएका कृष्णप्रसाद शर्माको घरबाट दिउँसै नगद र गरगहनासहित करिब २५ लाख रुपैयाँको चोरी भएको हो। चोरले घरको ढोका फोरेर  गरगहना र नगद लगेको छ।

शर्माका अनुसार करिव २५ बर्षदेखि संकलन गरेको करिब २२ लाख रुपैयाँ बराबारको सुन तथा चाँदी र ३ लाख रुपैयाँ नगद घरबाट चोरी भएको छ।  शुक्रवार साँझ ५ जनाको समूहको आएका चोरले घरको बायाँ पट्टीको गेटबाट भित्र छिरेर पछाडिको ढोका फोरेर भित्र पसेको सीसीटिभी क्यामराको फुटेजमा प्रष्ट देख्न सकिन्छ।
 
शर्माका अनुसार चोरले साँझ ६ देखि ७ बजेको बीचमा घरमा कोही पनि नभएको मौका छोपेर चोरी गरेका छन्। चोरको समूह घरभित्र प्रवेश गर्नु अघि एकजना सामान्य भेषमा आएर ढोका ढकढकाएको र ढोका नखोलेपछि फर्किएर गएर अरु ४ जनालाई बोलाएर ल्याएको दुश्य सिसीटिभीको फुटेजमा कैद भएको छ।
 
चोरी हुने बेलामा शर्माकी श्रीमती बिमला शर्मा र छोरी विरायना शर्मा स्थानीय गोर्खा नेपाली कम्युनिटीले आयोजना गरेको तीज कार्यक्रममा सहभागी हुन गएका थिए।
 
शर्माका अनुसार चोरले किचनतिरको ढोकाबाट प्रवेश गरेर घरको पहिलो तलाको दुबै मास्टर बेड रुमको ढोका फोडेको छ। घरभित्र रहेका ल्यापटप, कम्प्युटर, टिभीलगायतका समान चोरले यत्रतन्त्र छरेको अवस्थामा भेटिएका थिए।
 
प्रहरीले सिसीटिभी फुटेजका आधारमा घटनाको अनुसन्धान अघि बढाएको जानकारी शर्माले दिए। ‘प्रहरीमा उजुरी त दिएको हो तर अनुसन्धान गरेर चोरी भएको समान फिर्ता होला भन्ने आश छैन्’, शर्माले भने।

प्रकाशित: ६ भाद्र २०७४ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App