८ वैशाख २०८१ शनिबार
राजनीति

पन्ध्र राज्यमन्त्री थपिँदै

काठमाडौं- भारत भ्रमण जानुअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा १५ जना राज्यमन्त्री थप्ने सहभागी गराउने भएका छन्। देउवाले कांग्रेसबाट १२ जना र नेपाल लोकतान्त्रिक फोरमबाट ३ जना गरी १५ जना राज्यमन्त्री सहभागी गराउन लागेका हुन्।

अाज थपिएका राज्यमन्त्रीसहित देउवा मन्त्रिपरिषद ५० सदस्यीय भएको छ।

कांग्रेसका तर्फबाट शेषनाथ अधिकारी, सीता गुरुङ, उदयशम्शेर राणा, नरबहादुर चन्द, तप्तबहादुर बिष्ट, अब्दुल रजाक, डिल्ली चौधरी, दिलमान पाख्रिन, चम्पादेवी खड्का, सरिता प्रसाईँ, अम्मर सिंह पुन र तेजुलाल चौधरी छन्।

त्यस्तै विजय गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट जनकराज चौधरी, सुमित्रा थरुनी र योशादा लामा सरकारमा सहभागी हुनेछन्। उनीहरुको आजै शपथग्रहण गराउने काँग्रेस नेता विमलेन्द्र निधिले जानकारी दिए।

यसअघि देउवाले माओवादी केन्द्रका ८ जना राज्यमन्त्री सरकारमा सहभागी गराएका थिए। गत जेठ २४ गते कांग्रेस सभापति देउवाले प्रधानमन्त्री पदमा निर्वाचित भएका थिए।

 

 

प्रकाशित: ६ भाद्र २०७४ ०८:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App