coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

बिजुली बिल अनलाइनबाटै

काठमाडौं- अब अनलाइनबाटै बिजुली बिल तिर्न सकिने भएको छ। अनलाइन सेवाको शुभारम्भ सोमबार ऊर्जामन्त्री महेन्›बहादुर शाहीले गरे। पहिलो चरणमा काठमाडौं उपत्यकाका ग्राहकले मात्र यस्तो सुविधा उपभोग गर्न पाउने उनले जानकारी दिए। ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलन ऊर्जामन्त्री शाहीले भने, 'काठमाडौं उपत्याकाका करिब ३३ लाख ग्राहकले यस्तो सुविधा सोमबारदेखि नै लिन सक्ने छन्।'

उपत्यकापछि मुलुकभर यस्तो सुविधा दिने योजना बनाएको जानकारी पनि उनले दिए। बैंक, मोबाइल, वालेट सर्भिस प्रोभाइडर तथा रेमिटेन्स कम्पनी गरी अहिलेलाई करिब १५ हजार शाखाबाट यस्तो महसुल तिर्न सकिने सुविधा उपलब्ध छ।

ऊर्जामन्त्री शाहीले भने, 'प्राधिकरणको शाखा कार्यालयमा लाइन लागेर महसुल तिर्नुपर्ने बाध्यता हटेको छ।' यसअघि नेपाल विद्युत्् प्राधिकरणको कार्यालयमा गएर बिजुलीको बिल तिर्नु पर्थ्यो।

आधुनिक प्राविधि उपयोग गरेर सहज रुपमा बिजुली बिल तिर्न सकिने व्यवस्था गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।

'प्राधिकरणका ग्राहकलाई महसुल तिर्न प्राधिकरणको शाखा कार्यालयमा गएर लाइन बस्नुपर्ने बाध्यता हटेको छ,' उनले भने, 'घर बसीबसी अनलाइनबाटै तिर्न सकिन्छ।'

यसअघि प्राधिकरणले नौ कम्पनीलाई अनलाइनबाट बिजुलीको बिल भुक्तानीको व्यवस्था मिलाउनका लागि छानिसकेको थियो। त्यसमध्ये ६ वटाले सुरु गरेका छन् भने बाँकी तीनवटाले छिट्टै सुरु गर्ने ऊर्जामन्त्री शाहीले जानकारी दिए।

यस्तो महसुल महालक्ष्मी बिकास बैंक, ई–सेवा प्रालि, प्रभु बैंक, सिएफएस रेमिट प्रालि, पेप्वाइन्ट प्रालि र सिटी एक्सप्रेसका जुनसुकै शाखाबाट तिर्न सकिनेछ। साथै प्राधिकरणले हिमालयन बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, नेपाल क्लियरिङ हाउससँग पनि सम्झौताकोे तयारी गर्दैछ। यस्तो महसुल किओस्क, पिओएस डिभाइस, मोबाइल एपबाट पनि तिर्न सकिने छ।

विज्ञान र प्राविधिले काम गर्न सहज बनाएको ऊर्जामन्त्रीले शाहीले बताए। 'हामीले कुनै नयाँ अविष्कार गरेका छैनौं, नेेपाल टेलिकम लगायतले यसअघि नै दिएको सुविधा हामीले दिन लागेका हौं,' उनले भने, 'गुणस्तरीय सेवा दिनका लागि नयाँ प्राविधि भिœयाउँदै छौं।'

मिटर रिडिङका लागि मिटर रिडरलाई घर–घर पुग्नुपर्ने बाध्यता हटाउन लागेको उनले बताए। 'सबैतिर स्मार्ट मिटर जडान भएपछि कार्यालयबाटै मिटर रिडिङ हुनेछ,' मन्त्री शाहीले भने। उपभोक्तालाई नयाँ प्रविधिबारे ज्ञान दिलाउनु निकै चुनौतीपूर्ण रहेको पनि शाहीले बताए।

प्रकाशित: ६ भाद्र २०७४ ०६:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App