राप्रपा र राप्रपा नेपाल समानान्तरबीच एकीकरण

मङ्गलबार, ११ साउन २०७३, १५ : १५ नागरिक

काठमाडौँ-राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपाल समानान्तरबीच आज एकीकरणको घोषणा भएको छ। मुलुकमा राष्ट्रियता, राष्ट्रिय एकता, अखण्डता एवम् प्रजातन्त्रको संवद्र्धन, प्रवद्र्धन तथा समृद्धशाली नेपाल निर्माणका लागि राष्ट्रवादी शक्तिबीचको एकता भएको बताइएको छ ।

यहाँ आज आयोजित कार्यक्रममा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्दले मुलुकमा राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकता रहेको बताउँदै एकीकरणबाट देश र जनताको पक्षमा काम गर्न बल पुग्ने विश्वास व्यक्त गरे।

राप्रपा नेपाल समानान्तरका अध्यक्ष सत्यमान लामाले देशमा राष्ट्रियता कमजोर भएको अवस्थामा राजनीतिमा विचार र सिद्धान्तमा नजिक रहेका पार्टी एकीकरण भई जनताको सेवा गर्नुपर्नेमा जोड दिए।

राप्रपा नेपालका नेताको नेतृत्व कार्यशैलीबाट असन्तुष्ट भई दोस्रो संविधानसभाको निर्वाचनपछि उक्त पार्टीबाट छुट्टिएर राप्रपा नेपाल समानान्तर पार्टी स्थापना भएको थियो । राप्रपा नेपाल भने राप्रपाबाट पहिले नै अलग भएको थियो । अहिले राप्रपा र राप्रपा नेपालबीच पनि एकीकरणको तयारी गरिँदैछ । रासस

 








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad