coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

ओस्कारमा 'सेतो सूर्य'

काठमाडौं- ओस्कार अवार्डको 'विदेशी भाषी फिल्म' विधातर्फको प्रतिस्पर्धामा नेपालबाट दीपक रौनियार निर्देशित फिल्म 'सेतो सूर्य' (ह्वाइट सन)ले आफूलाई सुरक्षित पारेको छ। ओस्कारको विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति नेपालले आह्वान गरे बमोजिम फिल्म 'बिजुली मेसिन' र 'सेतो सूर्य' मात्र समितिमा दर्ता भएको थियो। समितिका सचिव चिरञ्जीवी गुरागार्इंद्वारा जारी विज्ञप्तिमा समितिले प्राविधिक, कथा, चरित्रको भावनात्मक विश्लेषण र प्रस्तुतिको कलात्मक बनोटलाई दृष्टिगत गर्दै 'सेतो सूर्य'लाई ओस्कारमा पठाउने निर्णय गरेको हो।

फिल्ममा दयाहाङ राई, रविन्›सिंह बानियाँसँगै आशामाया मगरातीलगायतको अभिनय छ। यो फिल्मले विभिन्न देशमा भएका फेस्टिबलमा अवार्डहरू जितिसकेको छ। फिल्मले नेपालमा भएको एक दशक लामो द्वन्द्वको समयमा एक मृतकलाई घाटमा लैजान लाग्दा आइपरेको विविध उल्झनलाई प्रस्तुत गरेको छ।

विमल पौडेल संयोजक रहेको विदेशी भाषी सर्वोत्कृष्ट चलचित्र छनोट समिति नेपालमा लक्ष्मीनाथ शर्मा, प्रदीपकुमार उपाध्याय, राजेन्द्र शलभ, राजुविक्रम थापा, लोकेन्द्र पराजुली 'कपिल' र भरतकुमार शाक्य सदस्य छन्।

 

प्रकाशित: ६ भाद्र २०७४ ०४:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App