७ वैशाख २०८१ शुक्रबार
समाज

पत्रकार महासंघमा आचार्यको अग्रता, प्रदेशमा को कहाँ विजयी?

काठमाडौं—नेपाल पत्रकार महासंघको सोमबार भएको निर्वाचनको प्रारम्भिक मतगणना आउन सुरु भएको छ। अध्यक्षमा गोविन्द आचार्य १८२ मतका साथ अग्रता लिइरहेका छन्। उनलाई तीर्थ कोइराला १७४ मतका साथ पछ्याइरहेका छन्। उजिर मगरले १२ मत पाएका छन्।

उपाध्यक्षमा विपुल पोखरेल २१० मतसहित अगाडि छन्। मातृका पौडेल १५७ मत पाएर पछ्याइरहेका छन्। दीपक पाठकले ८ मत पाएका छन्।

उपाध्यक्ष समावेशीतर्फ दिलिप थापामगर २०८ मतसहित अग्रता लिइरहेका छन्। महेस दास १५८ मत ल्याएर पछ्याइरहेका छन्।

महासचिवमा रमेश विष्ट १९२ मतका साथ अगाडि छन्। उनलाई बालकृष्ण बस्नेतले १७६ मतका साथ पछ्याइरहेका छन्।

सचिवमा रामप्रसाद दाहालले मतअन्तर अझ बढाएका छन्। उनी १८६ मतका साथ अगाडि छन्। रुद्रप्रसाद भट्ट १२० मतसहित उनलाई पछ्याउँदैछन्। दीपेन्द्र कुँवरले ३८ मत पाएका छन् भने भुपेन्द्र खड्काले १० मत ल्याएका छन्।

प्रदेश र प्रतिष्ठानतर्फ परिणाम सार्वजनिक

प्रदेश नम्बर १

चौतारी- सटेन्द्र जबेगू

युनियन-उद्धब तिमिल्सिना

 

प्रदेश नम्बर २

सेन्टर- देवकुमार यादव

युनियन- शैलेन्द्र झा प्रदेश

 

प्रदेश नम्बर ३

चौतारी- कृष्ण गिरी चौतारी र द्वारिका काफ्ले

 

प्रदेश नम्बर ४

चौतारी-रामकृष्ण ज्ञवाली

सेन्टर-नबीन कुँइकेल

 

प्रदेश नम्बर ५

युनियन-पुरूषोत्तम सुवेदी

सेन्टर- वसन्त गिरी

 

प्रदेश नम्बर ६

युनियन-कलेन्द्र सेजुवाल

सेन्टर-पूर्णप्रसाद चौलागाईं

 

प्रदेश नम्बर ७

यूनियन-मीन बम

चौतारी-उत्तर विष्ट र सेन्टरका श्याम भट्टको ४५र४५ बराबर

 

प्रतिस्ठान शाखा

युनियन- यम विरही

प्रेस सेन्टर-टीकाराम प्रधान

 

उपत्यका

 

चौतारी( गोविन्द चौलागाईं

 

सेण्टर( लेखनाथ न्यौपाने

प्रकाशित: ५ भाद्र २०७४ १८:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App