४ वैशाख २०८१ मंगलबार
राजनीति

दुई तिहाई नपुग्दा संविधान संशोधन प्रयास असफल

संविधान संशोधनमाथि मतदान अघि संसदमा देखिएको उपस्थिति। तस्विरः दिपेश श्रेष्ठ

काठमाडौं—सत्तारुढ गठबन्धनले संसदमा पेश गरेको संविधान संशोधन विधेयक असफल भएको छ। नेपालको संविधानअनुसार संविधान संशोधन गर्न आवश्यक दुई तिहाइ बहुमत नपुग्दा संविधान संशोधनको प्रयास असफल भएको हो।

'नेपालको संविधान दोस्रो संशोधन गर्न उक्त संख्या तत्काल कायम रहेको ५९२ को दुई तिहाई बहुमत नभएकोले अस्वीकृत भएको घोषणा गर्दछु', सभामुख ओनसारी घर्तीले संसदबाट घोषणा गरिन्।

सोमबार साँझ संसदमा भएको मतदानमा कूल ५५३ सांसद उपस्थित थिए। संशोधन पारित गर्ने पक्षमा रहेका काँग्रेस, माओवादीलगायत तराई केन्द्रित दलहरुले मतदान गरेका थिए। संविधान संशोधनको पक्षमा ३४७ मत परेको थियो।

'नेपालको संविधान दोस्रो संशोधन गर्न उक्त संख्या तत्काल कायम रहेको ५९२ को दुई तिहाई बहुमत नभएकोले अस्वीकृत भएको घोषणा गर्दछु', सभामुख ओनसारी घर्तीले संसदबाट घोषणा गरिन्।

विपक्षमा एमाले, राप्रपाका २०६ जना सांसदले मतदान गरे। संविधान संशोधनमाथि मतदान हुँदा संसदमा उपस्थित कोही पनि तटस्थ बसेका थिएनन्। संसदको अर्को बैठक भोलि भदौ ६ गते बस्नेछ।

संविधान प्रस्ताव असफल भएसँगै संविधान सभाबाट निर्माण भएको संविधानमाथि भारतले राख्दै अाएको असन्तुष्टि एउटा विन्दूमा पुगेको छ। नेपालका जनप्रतिनिधिले बनाएको संविधानप्रति क्रुद्ध हुँदै दक्षिणी छिमेकीले नाकाबन्दी गरेको थियो। तराई केन्द्रित दलहरुले पनि संविधानप्रति असन्तुष्टि जनाउँदै अान्दोलन गरेका थिए।

प्रकाशित: ५ भाद्र २०७४ १४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App