coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

भिखारी संघको अध्यक्षको घरमा रु तीन लाख

विराटनगर—डुबानमा परेका भिखारी संघ मोरङका अध्यक्ष महेश मण्डलको घरबाट रु तीन लाख १५ हजार रकम फेला परेको छ। विराटनगर–७ स्थित सिंघिया खोलाको बाढीले उनको घर भत्काएको थियो।

सो घरलाई हिजो नेपाली सेना र सुरक्षाकर्मीको टोलीले सरसफाइ गर्ने क्रममा बोरामा राखिएका अवस्थामा सो रकम फेला परेको हो।

अधिकांश नोट भिजेको अवस्थामा फेला परेको थियो। सोमध्ये एक हजारको नोट एक लाख नौ हजार बाँकी नोट रु ५०० र १०० को रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मगन्तेका रुपमा मण्डलले सो रकम संकलन गरेका हुन्। अशक्त अवस्थामा रहेको उनले एक्कासि बाढीको पानी घरभित्र प्रवेश गरेपछि सो नोटको बोरा निकाल्न नसकेको बताइएको छ। रासस

प्रकाशित: ५ भाद्र २०७४ १०:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App