coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जाजरकोटमा ५ हजार मतदाता थपिए

जाजरकोट-  जाजरकोटमा  ५ हजार  मतदाता थपिएका छन् , निर्वाचन आयोगले  भदौ ३ गते सम्मको मितिमा  संकलन गरेको तथ्यांक अनुसार जिल्लामा ५ हजार तीन सय ९४ मतदाता थपिएका  हुन्। यस मध्ये ३ हजार ७६ महिला र २ हजार ३ सय १८ पुरुष मतदाताहरु थपिएको कार्यालयले जनाएको छ।

प्रदेश तथा संघीय संसदको चुनावलाई मध्यनजर गरि निर्वाचन आयोगको निर्णय अनुसार जिल्ला निर्वाचन कार्यालयले साउन १ गते देखि  भदौ ३ गते सम्म फोटो सहितको मतदाता नामावली संकलन गरेको छ। कार्यालयका अनुसार जिल्लामा सवै भन्दा वढी भेरी नगरपालिकामा २ हजार ४ सय  ४२ मतदाता थपिएका छन्  भने सवै भन्दा कम  जुनीचाँदे गाउँपालिकामा २ सय मात्र मतदाता थपिएका छन्।  त्यस्तै  नलगाड नगरपालिकामा  ८ सय ९६, छेडागाड नगरपालिकामा  ६ सय ७३, कुसे गाउँपालिकामा  २ सय ५२, वारेकोट गाउँपालिकामा  ३ सय १८ र शिवालय गाउँपालिकामा  ६ सय १३ मतदाता थपिएको  निर्वाचन कार्यालयले जनाएको छ ।  जिल्लामा  यस अघि स्थानीय तहको निर्वाचका वेला जिल्लाको  कुल मतदाताहरु  ८० हजार २ भएपनि  १८ वर्ष उमेर पुगेका मतदाता ७८ हजार ९ सय ५४   थिए।

जस मध्य  ४२ हजार ४ सय १० पूरुष र ३६ हजार ५ सय ४३ महिला तथा एक जना तेस्रो लिंगी रहेको कार्यालयले जनाएको  छ। वैशाख ३१ गते सम्पन्न  पहिलो चरणको स्थानीय तहको निर्वाचनमा  जिल्लाका   ६१ हजार ९ सय २८    मतदाताले  भाग लिएका  थिए। 

नयाँ विवरण अनुसार जिल्लाको कुल मतदाता  ८५ हजार  ३ सय  ९६ पुगेको  जिल्ला निर्वाचन कार्यालयका  प्रमुख  हरिवहादुर वुढाथोकीले बताए। उनले  जिल्लाका सातवटै  स्थानीय तहमा संकलन केन्द्र स्थापना गरेर   मतदाता नामावली संकलन गरिएको वताए ।नागरिकताको अभाव र विदेशमा रोजगारीका लागि  स्थानीयहरु गएका कारण  अझै  धेरै मतदाताहरुको नामावली  संकलन हुन नसकेको उनले वताए। उनका अनुसार  जिल्लामा अझै २० प्रतिशत योग्य नागरिकहरुको  मतदाता नामावलीमा नाम दर्ता हुन वाँकी रहेको  छ। 

प्रकाशित: ५ भाद्र २०७४ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App