१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नारायणीमा खतराको सङ्केत

कावासोती-लगातारको वर्षाले नारायणी नदीमा  आएको बाढीले खतराको सङ्केत गरेको  छ।  नारायणीमा रहेको जल मापन केन्द्रले आठ  मि पानीको सतह देखाएको  छ। यो जोखिमको अवस्था हो। पानीको सतह बिहानभन्दा पनि अहिले बढ्दै गएको  छ।

 नारायणीमा पानीको सतह बढेपछि  गैँडाकोटदेखि त्रिवेणीसम्ममा तटीय क्षेत्रका बासिन्दामा खैलाबैला मच्चिएको  छ । बाढीले त्रिवेणीभन्दा माथिल्लो क्षेत्र र तल्लो क्षेत्र पक्लिहवा र नर्सही बढी कटान र डुबान गर्न सक्ने भन्दै स्थानीय बासिन्दाले सुरक्षित गन्तव्य रोजेका छन्।

बाढीले त्रिवेणीभन्दा माथिल्लो क्षेत्र र तल्लो क्षेत्र पक्लिहवा र नर्सही बढी कटान र डुबान गर्न सक्ने भन्दै स्थानीय बासिन्दाले सुरक्षित गन्तव्य रोजेका छन्।

 “खतराको सङ्केत देखियो हामीले सबै हिसाबले सुरक्षित हुने उपाय अपनाएका छाैं” प्रजिअ महादेव पन्थले भने, “बाढी मापन केन्द्रमा  लगातार साइरन बजेकोछ हामी त्यसलाई नियालेका छाैं, अब पानीको सतह ८ दशमलव ४ मिटर भए बाढीले ठूलो  क्षति पुर्याउन सक्ने हुँदा  क्षति रोक्ने उपाय अपनाएका छौँ। ”

भारतसँग सीमा जोडिएका नवलपरासीका हरपुर, रामपुर खडौना, बडहरा, दुबौलिया, भुजहवा गाविससहित १३ गाविस जलमग्न बनेको छ । त्रिवेणीस्थित गण्डक ब्यारेजका सबै ढोका खोलिएको छ। त्रिवेणीस्थित गण्डक बाँधमा पानी तीन लाख ४८ हजार क्युसेक लिटर प्रतिसेकेन्ड बहाव रहेको र त्यो बढ्दो क्रममा भएको त्रिवेणीका सुरज कोहारले बताए।

नदीमा पानीको सतह घटेको छैन। ब्यारेजका ढोका नखोल्दा बगाउने र बङ्ग्याउने खतरा बढेपछि भारतले आफ्नो सुरक्षाका लागि सबै ढोका खोलेको छ। भारतले त्रिवेणीस्थित नारायणी नदीमा बाँध बनाएर उत्तर प्रदेश र बिहारमा सिँचाइका लागि लगेको  गण्डक नहरमा पानी बन्द गरेको छ । नहरका ढोका खोलिएपछि गण्डक नहरको १३ नं स्परमा बढी क्षति पुगेको  छ। नर्सही र बेलाटारी प्रहरीले सतर्क रहन स्थानीयवासीलाई माइक मार्फत सूचना प्रवाह गरेको  छ । रासस

प्रकाशित: ११ श्रावण २०७३ ०८:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App