७ वैशाख २०८१ शुक्रबार
समाज

बालुवा लिन गएकी युवतीको मृत्यु

जुम्ला – जुम्लामा बालुवा निकाल्न तिला नदी गएकी एक युवतीको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका ७ की २४ वर्षीया पार्वती भण्डारीको मृत्यु भएको हो।
 
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार खोलामा बालुवा निकाल्न जाँदा पार्वती बगेको र नदीबाट निकाल्दा बेहोस भइसकेकी थिइन।

प्रहरी नायव उपरीक्षक गुरुविष्णु काफ्लेले स्थानीयको सक्रियतामा उद्धार गरेपनि बचाउन नसकिएको बताए । नदीबाट निकाले लगत्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा ल्याइएको थियो। 

मृतक भण्डारीको शव पोष्टमार्टम पछि दाहसंस्कार गरिने प्रहरीले जनाएको छ । उनीसँगै बालुका निकाल्नको गाउँ गाउँका अन्य महिलाहरू पनि गएका थिए ।  

प्रकाशित: ५ भाद्र २०७४ ०८:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App