८ वैशाख २०८१ शनिबार
समाज

भारत पुगेकाे दाेस्राे गैंडा पनि फिर्ता अायाे

चितवन- बाढीमा बगेर भारतपुगेकाे चितवन निकुञ्जकाे दाेस्राे गैंडा पनि निकुञ्जका अधिकारीहरूले फिर्ता ल्याएकाे छन्। बाढीमा बगेर निकुञ्जका गैंडा भारत वाल्मीकि नगर र बगाहा पुगेका थिए। 

निकुञ्जका चारवटा गैंडा बगेर भारतीय वन क्षेत्र र वस्तीमा पुगेकाे निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकले बताए।

यसअघि शुक्रबार मात्रै भारत पुगेकाे एउटा बच्चा गैंडा फिर्ता ल्याइएकाे थियाे। अाइतबार राति अर्काे वयस्क पाेथी गैंडा साैराहा ल्याइएकाे छ। साेमबार नै अर्काे गैंडा समाउने तयारी छ। गैंडालाई बेहाेस बनाइ खाेरभित्र राखेर ट्रकबाट ल्याइन्छ। 

प्रकाशित: ५ भाद्र २०७४ ०६:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App