८ वैशाख २०८१ शनिबार
राजनीति

पत्रकार महाधिवेशनको बन्दसत्रबाट प्रतिवेदन पारित

काठमाडौँ –  नेपाल पत्रकार महासङ्घको पच्चीसौँ महाधिवेशनअन्तर्गत महासचिव उजिर मगर, कोषाध्यक्ष सूर्यमणि गौतमको प्रतिवेदन छलफलसहित पारित भएको छ । 

बन्दसत्रमा पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रतासम्बन्धी समसामयिक विषयको २१ बुँदे घोषणापत्र पारित भएको छ। 

महासङ्घको आगामी दुई वर्षका लागि रणनीतिक दृष्टिकोण पत्र प्रस्तुत भई पारित भएको छ। पत्रकार सुरक्षा नीतिसमेत बन्दसत्रमा प्रस्तुत भई पारित भएको छ । बन्दसत्रको अध्यक्षता पूर्वअध्यक्ष तारानाथ दाहालले गरेका थिए। 

नयाँ नेतृत्वका लागि भोलि बिहान नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनबाट ४७ सदस्यीय केन्द्रीय कार्यसमितिको चयन गर्नेछ । 

देश तथा विदेशबाट एक हजार ५१५ प्रतिनिधि सहभागी भएको उक्त महाधिवेशनमा अध्यक्ष पदका लागि प्रेस चौतारीका तर्फबाट तीर्थ कोइराला तथा प्रेस युनियन र प्रेस सेन्टरका साझा उम्मेदवार गोविन्द आचार्यका बीच प्रतिस्पर्धा हुनेछ । रासस 

प्रकाशित: ४ भाद्र २०७४ १४:३७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App