coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भारतमा  रेल दुर्घटना हुँदा २३ को मृत्यु, ४० घाइते

नयाँदिल्ली –भारतको उत्तर प्रदेशमा भएको रेल दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ भने अरु ४० जना घाइते भएका छन्। 

यात्रु उतार्ने क्रममा शनिबार भएको दुर्घटनामा घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । भारतीय रेलमार्गका प्रवक्ताले १४ डिब्बाको रेल दुर्घटनामा परेको जानकारी दिए। 

भारतको केन्द्रीय राजधानी नयाँदिल्लीदेखि झन्डै एक सय किलोमिटर टाढा पर्ने मुजफ्फानगर जिल्लामा दुर्घटना भएको हो। 

“रेलको लिकबाट बाहिर गएपछि रेल दुर्घटना भएको हो,” उत्तर प्रदेशको प्रान्तीय प्रहरीले जारी गरेको वक्तव्यमा भनिएको छ । 

वक्तव्यमा २३ जनाको मृत्यु, ४० जना घाइते भएको र घाइतेलाई विभिन्न अस्पतालमा उपचार भइरहेको पनि जनाइएको छ। 

क्षतीग्रस्त रेलको डिब्बाभित्र अरु केही व्यक्ति पुरिएको हुन सक्ने आशंका गर्दै मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गरिएको छ । 

घाइतेलाई खताउली, मिरुत र मुजफ्फर्नगरका अस्पतालमा भर्ना गरिएको अधिकारीहरुले बताएका छन् । 

प्रहरी र उद्धारकर्ता घाइतेहरुलाई उद्धारका लागि घटनास्थलमा तत्काल खटिएका थिए । उनीहरुले क्षतीग्रस्त रेलका डिब्बाहरु काटेर घाइतेलाई बाहिर निकालेका थिए । एउटा क्रेन पनि उद्धारका लागि प्रयोग गरिएको थियो। 

भारतीय टेलिभिजनले दुर्घटनाका विभत्स दृश्य देखाएका छन् । स्थानीय समयअनुसार शनिबार बेलुका ५ः४५ मा दुर्घटना भएको हो । 

रेलमार्ग मन्त्रालयले अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइनसकेको जनाएको छ । मन्त्रालयले घटनाका बारेमा अनुसन्धान गर्न निर्देशन दिएको बताएको छ। 

भारतीय रेल मन्त्री सुरेश प्रभुले दुखद् घटनाको अनुसन्धान गरी कारण पत्ता लगाउने व्यवस्था गरिसकेको जानकारी दिए। उनले घटनाप्रति दुःख व्यक्त गर्दै घटनालाई नजिकबाट नियालीरहेको बताएका छन्। 

भारतमा बेला बेलामा ठूला ठूला रेल दुर्घटना हुने गरेका छन् । अघिल्लो बर्ष भएका रेल दुर्घटनामा परी उत्तर प्रदेशमा मात्रै १४५ जनाको मृत्यु भएको थियो भने अरु दूई सय जना घाइते भएका थिए । 

प्रकाशित: ४ भाद्र २०७४ ०९:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App