७ वैशाख २०८१ शुक्रबार
प्रवास

एनआरएनए स्विडेनको अध्यक्षमा श्रेष्ठ

स्टकहोम— गैर आवासीय नेपाली संघ (एनआरएनए) स्विडेनको अध्यक्षमा अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। शनिबार स्टकहोममा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यसमितिको उपाध्यक्षमा टेकबहादुर रोका, महासचिवमा दिनेशकुमार श्रेष्ठ, सचिवमा राजकुमार पाठक, कोषाध्यक्षमा घनाश्यम पुन, युवा संयोजक प्रमोद आचार्य र महिला संयोजकमा उषा गौतम निर्बाचित भएका छन्। सदस्यहरुमा अम्बिका सिग्देल, लोकेन्द्रबहादुर खड्का,कृष्ण क्षेत्री, बिमलकुमार कार्की, भिमबहादुर भण्डारी र प्रदीप सापकोटा चयन भएका छन्। आईसीसी सदस्यमा प्रबेश कुवँरलाई अधिबेशनले प्रस्ताव गरेको छ।

खिमबहादुर खत्री न्यौपाने समूहले नेतृत्वमा दाबी गरे पनि निर्वाचन प्रक्रियामा सहभागी भएन।  

अधिवेशन पर्यवेक्षकको रुपमा स्बिजरल्याण्डबाट अन्तरार्ष्ट्रिय समन्वय परिषदका सदस्य डा.बिनय श्रेष्ठ सहभागी भएका थिए। महिला फोरम उपसंयोजक रजनी प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो।

बाढीपीडितलाई २ लाख रुपैयाँ सहयोग

नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले नेपालका बाढीपिडितका लागि २ लाख रुपैयाँ एनआरएन राहात कोषमा पठाउने निर्णय गरेको छ। निर्वाचित श्रेष्ठले असन्तुष्ट समूहलाई पनि समेटेर अघि बढ्ने बताएका छन्।

प्रकाशित: ४ भाद्र २०७४ ०९:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App