coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

माओवादीका ८ राज्यमन्त्री थपिने

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा माओवादी केन्द्रका तर्फबाट ८ जना राज्यमन्त्री थपिने भएका छन्।

पार्टीको तर्फबाट सरकारमा जाने ८ जनाको नाम माओवादीले प्रधानमन्त्रीलाई बुझाइसकेको छ। कांग्रेस नेता विमलेन्द्र निधिका अनुसार माओवादीबाट थपिने राज्यमन्त्रीहरुलाई आजै पद तथा गोपनियताको सपथ गराउने छन्।

माओवादीले बुझाएका नाममा जाहिर हुसेन उर्जाराज्यमन्त्री, रामसिंह यादव परराष्ट्रराज्यमन्त्री, श्यामकुमार श्रेष्ठ गृहराज्यमन्त्री, शम्भुलाल श्रेष्ठ स्वास्थ्यराज्यमन्त्री, कर्ण बहादुर विक आपुर्तिराज्यमन्त्री,  छमबहादुर गुरुङ सहरी विकासराज्यमन्त्री, गोमा कुँवर पशुपन्छिराज्यमन्त्री र वाङदी शेर्पा सामान्य प्रशासनराज्यमन्त्री रहेका छन्।  

नेपाली कांग्रेस र फोरमलोकतन्त्रीकबाट पनि राज्यमन्त्रीको नाम घोषणा गर्ने तयारी भए पनि प्रधानमन्त्रीको भारत भ्रमण अघि त्यो टुंगिने निधिले बताए।

प्रकाशित: ४ भाद्र २०७४ ०८:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App