७ वैशाख २०८१ शुक्रबार
कला

एमाको कमाई सर्वाधिक

लसएञ्जल्स- 'फोर्ब्स' म्यागेजिनले सार्वजनिक गरेको सर्वाधिक कमाउने नायिकाको सूचीको अग्रस्थानमा अमेरिकी अभिनेत्री एमा स्टोन आएकी छन्। उनले जेनिफर लरेन्सलाई पछि पार्दै शीर्ष स्थानमा आफूलाई पुर्‍याएकी हुन्। एमा अभिनित फिल्म 'व्युटी एण्ड द विस्ट'ले यो वर्ष सर्वाधिक १.२६ अर्व डलरको कमाइ गरेको थियो। फिल्मको यही कमाइले एमालाई सर्वाधिक कमाउने नायिकाको शीर्ष स्थानमा पुर्‍याएको हो।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २८ वर्षीया स्टोनले फिल्म 'ला ला ल्यान्ड'बाट २.६ करोड डलर कमाएकी थिइन्। सूचीमा २.५५ करोड डलर कमाइ गर्दै अभिनेत्री जेनिफर एनिस्टन सूचीको दोस्रो स्थानमा छिन्। जेनिफर सन् २०१६ र २०१६ मा सूचीको शीर्षस्थानमा थिइन्। अभिनेत्री जेनिफर लरेन्स २.४ करोड डलर कमाइ गर्दै यो वर्ष सूचीको तेस्रो स्थानमा छिन्। उनको यो कमाइ सन् २०१६ को भन्दा आधा हो।

बलिउड अभिनेत्री दीपिका पादुकोण यसपटक सूचीबाट बाहिरिएकी छन्। अघिल्लो वर्ष उत्कृष्ट १० मा परेकी उनी यसपटक सूचीमा अटाइनन्। हलिउड फिल्म 'एक्सएक्सएक्सः रिटर्न अफ क्जेंडर केज'बाट हलिउडमा करियर सुरु गरे पनि उनी यो वर्ष सूचीमा नाम दर्ता गराउन असफल रहिन्। यो फिल्मले हलिउडको वक्स अफिसमा १० मिलियन डलरको कमाइ गरेको थियो। दीपिका हाल बलिउडमा फिल्म 'पद्मावती'मा काम गरिरहेकी छन्। दीपिकासँगै यो वर्षको फोर्ब्स सूचिमा स्कार्लेट जोन्सन र फैन ब्रिङबिङ पनि परेनन्।

प्रकाशित: ४ भाद्र २०७४ ०६:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App