रसुवालीको रोजगार गन्तव्य बन्दै केरुङ

आइतबार, ०४ भदौ २०७४, ११ : २५ नागरिक

रसुवा- देशभरका युवायुवती रोजगारीको खोजीमा लाखौं खर्चेर सात समुद्रपारी गइरहँदा रसुवाली कामदार तिब्बतको सीमावर्ती बजार केरुङतिर आकर्षिक भइरहेका छन्।

रसुवागढी नाका सञ्चालनमा आएर केरुङमा चहलपहल बढेपछि त्यहाँ रसुवाबासीका लागि रोजगारीका अवसर सिर्जना भएको हो। व्यापारिक सहर केरूङमा बजार विस्तार हुनुका साथै व्यापारीको चहलपहल बढेपछि रोजगारीको सिलसिलामा रसुवाबासी केरूङ जाने क्रम पछिल्लो समय निक्कै बढेको छ।

केरूङ जान खर्च कम लाग्ने र पासपोर्ट बनाउने झन्झट बेहोर्न नपर्दा उनीहरू खाडीका र मलेसियाको साटो केरूङतिर आकर्षित हुन थालेका हुन्। केरुङमा सञ्चालनमा रहेका होटलमा काम गर्ने रसुवालीले मासिक १५ हजारदेखि २५ हजार रुपैयाँसम्म पारिश्रमिक पाउने गरेका छन्।

केरुङमा सञ्चालित एक होटलमा कार्यरत शान्ति तामाङका अनुसार त्यहाँ सञ्चालनमा रहेका नेपाली तथा चिनियाँ होटलमा कार्यरत नेपालीले एक महिनामा न्यूनतम १५ हजारदेखि २५ हजार रुपैयाँसम्म बु‰ने गरेका छन्।

तामाङले भनिन्, 'नेपाली तथा चिनियाँ होटलमा न्यूनतम तीनदेखि सातजनासम्म नेपाली किशोरीले काम गरिरहेका छन्। उनीहरुको आम्दानी राम्रो छ।' होटलमा बिहान २ः०० बजेसम्म काम गर्नुपर्ने उनले सुनाइन्।

केरुङमा २८ भन्दा बढी होटल सञ्चालनमा छन्। चिनियाँ होटलमा काम गर्नेको संख्या कम भए पनि नेपालीको आधा दर्जन होटलमा ३५ भन्दा बढी रसुवाली किशोरी कार्यरत छन्। पुरुषले भने होटलमा भन्दा गाडी लाइनमा काम गर्ने गरेका छन्।

चिनियाँ होटलमा पैसा बढी दिए पनि काम गर्न गाह्रो हुने र त्यही कारण रसुवाबाट गएकाहरुले नेपाली होटलमै काम गर्ने केरुङमा काम गरेर फर्किएकी यार्साकी संगीता तामाङले बताइन्।

रसुवाबाट केरूङमा काम गर्न जान 'चाइना पास' बनाउने बढेका छन्। रसुवाबासीलाई मात्र चीन प्रवेशका लागि चाइना पास दिने चलन छ।

दैनिक १५ हजार आम्दानी

चीन प्रवेशका लागि बाहिरी जिल्लाका नागारिकलाई चाइना पास नदिएका कारण सवारी चालक तथा व्यापारी चीन प्रवेश गर्न पाउँदैनन्। सामान लिनका लागि केरूङ जाने तथा सामान लिएर फर्कने रसुवाबासी हुन्छन्।

उनीहरुले निर्यात तथा आयात गरे बापत १५ हजार लिने गरेका छन्। एउटा सवारी पुर्‍याए बापत साढे सात हजार र लिएर आएबापत पनि त्यत्ति नै लिने गरेका सवारी चालक बताउँछन्।

६ हजारले 'चाइना पास' बनाए

रोजगारीका लागि चीन प्रवेशका लागि रसुवाका ६ हजारभन्दा बढीले चाइना पास बनाएका छन्। अध्यागमन कार्यालय रसुवागढीका अनुसार हालसम्म जिल्लाका ६ हजार तीन सयले पास बनाएका छन्। चीन जान चाहने रसुवाबासीले पास बनाइसकेका र बाहिरी जिल्लाबाट बसाइँ सरेर आउनेलाई गाउँपालिकाले कढाइ गरेका कारण पास बनाउनेको संख्या घटेको निमित्त अध्यागमन अधिकृत शम्भुनारायण झाले बताए।

'पहिले गाउँ विकास समितिले सिफारिस गर्ने भएकाले सहज हुन्थ्यो। अहिले स्थानीय तहबाट सिफारिस गर्नुपर्ने भएकाले बसाइँसराइ दर्ता गर्दैमा पास पाउने सम्भावना रहँदैन,' झाले भने।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad