८ वैशाख २०८१ शनिबार
खेल

जिदानद्वारा सहयोग गर्न आग्रह

मड्रिड- रियाल मड्रिड प्रशिक्षक जिनेदिन जिदानले बार्सिलोना र क्यामब्रिल्समा आंतककारी हमलामा परेर मृत्यु भएका जनतालाई सहयोग गर्न आग्रह गरेका छन्।

आतककारी हमलामा १४ जना मृत्यु भएको थियो भने १ सयभन्दा बढी घाइते भएका थिए। जिदानले भने, 'क्लबका हामी सबै स्त्ब्ध भयौं। हामीले पीडित परिवारका सम्पूर्ण परिवारको बारेमा सोचेर सहयोग गर्नु जरुरी छ।' स्पेनिस ला लिगाको सुरुआती खेलअघि जिदानले पीडितलाई सहयोग गर्न अनुरोध गरेका हुन्।

आइतबार रियालले डिपोर्टिभोसँग खेल्दै लिगको सुरुआत गर्दै छ। जिदानले थपे, 'यो कठिन घडीमा हामी उनीहरूका बारेमा सोचिरहेका छौं। हामी उनीहरूलाई धैैर्य गर्न भन्छौं र हामी उनीहरूको साथमा छौं।'

स्पेनिस ला लिगामा केही मिनेट घटनामा पीडित भएकाहरूप्रति मौनधारण गरिनेछ। यसै गरी बार्सिलोनाका खेलाडीले पनि पाखुरा र जर्सीमा कालो पट्टी बाँधेर  विरोध जनाउनेछन्।

 

 

 

प्रकाशित: ४ भाद्र २०७४ ०४:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App